Skip to content

म तयार छु
उनीहस्को पछि लाग्न
तर उनीहरु सँग आँखा हुनर्ुपर्छ
म साँच्चै तयार छु
उनीहरुको पछि लाग्न
तर उनीहरु सँग
शिखर चढ्रन तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौदेखि खोजीरहेछु
नयाँ मान्छेहरु ।

हो मैले नमानेकै हो
अन्धाहरुको पछि लाग्न
निर्ण्रय पुस्तिकाहरुमा
धेरैपटक जनाएको छु
असहमति
र फेरि लेखेको छु यो कविता
उनिहरुको आँखा र खुट्टा नदेखुन्जेल
मैले नमानेकै हो
उनीहरुको पछि लाग्न
हो ! म वर्षौदेखि खोजीरहेछु
झर्झाउदा मान्छेहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *