Skip to content


आजभोलि काठको घर
धमिरालाई जिम्मा ला’छ
जूनलाई माथ गर्छु भन्ने
जुन्किरीको रजाई भा’छ

सबैलाई समानताको
पगरीले गुथ्नेसँग
आजभोलि ठेला गाडा
ठेल्नेको नि सत्तो गा’छ

संसारबाटै फ्याँकिएको
एउटा बूटी पला’को छ
भता भुंङग परेर देश
मूढे बलले चला’को छ

हात नंग्रा खियाउनेको
घाँटी-गला रेट्नेसँग
डराएर आफ्नै घरमा
मान्छे आफैँ पराई भा’छ

बासु ढकाल
०६/१४/२००९

3 thoughts on “आजभोलि”

  1. Desha.o chh ko rajniti ka
    Desha.o chh ko rajniti ka barema yestai satya kuralai milayera lekhne lekhak ko khach

Leave a Reply

Your email address will not be published. Required fields are marked *