Skip to content

मायालाई तिमी उपहास नगर


मायालाई तिमी उपहास नगर ।
चोखो प्रेमलाई बिनास नगर।।

कल्पित कोमल मनलाई सानु।
निरर्थक गरी उदास नगर।।

फक्रन देउ मायाको फुल।
दुगर्न्ध फैलाउने आश नगर।।

छुट्दैन माया टुट्दैन डोरी।
मुटु तोड्ने दुस्साहस नगर।।

मनोज काफ्ले “मनसुन’
एलादी ४ स्यांग्जा नेपाल
हाल: कुवैत

2 thoughts on “मायालाई तिमी उपहास नगर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *