Skip to content

नेपाल रुन्छ माटो खोज्दै


नेपाल रुन्छ माटो खोज्दै निद्रा छैन आज भोलि
हिमाल रुन्छ बाटो खोज्दै निद्रा छैन आज भोलि

गरीबि छ महँगी छ बर्षात मै पानी छैन
कुमाल रुन्छ आटो खोज्दै निद्रा छैन आज भोलि

झुपडी छन् कन्दरामा नचुहिने छानो छैन
मादल रुन्छ हाँसो खोज्दै निद्रा छैन आज भोलि

देश झुक्छ नेता हेर्दै छरिदै छन कता कता
मुनाल रुन्छ गाँठो खोज्दै निद्रा छैन आज भोलि

विजय कुमार पाण्डे
बुद्धनगर
काठमाडौं नेपाल

6 thoughts on “नेपाल रुन्छ माटो खोज्दै”

    1. super best chha yar .it is so
      super best chha yar .it is so subjectively matched in the present contest of nepal

  1. देश झुक्छ नेता हेर्दै छरिदै
    देश झुक्छ नेता हेर्दै छरिदै छन कता कता
    मुनाल रुन्छ गाठो खोज्दै निद्रा छैन आज भोली

    Best 6a hai sir . Sarhai ramro lagyo.

    kedar Shrestha’Gagan’
    United Arab Emirates

  2. नेपाल रुन्छ माटो खोज्दै
    नेपाल रुन्छ माटो खोज्दै निद्रा छैन आज भोलि
    हिमाल रुन्छ बाटो खोज्दै निद्रा छैन आज भोलि
    ramro lagyo
    sunil sangam

Leave a Reply

Your email address will not be published. Required fields are marked *