संसारको कुनै कुनामा यौटा अनौठो गाँउ थियो । त्यस ठाँउका मानिसहरु शारीरीक रुपमा अन्य स्थानका भन्दा केहि फरक नदेखीए पनि यौटा अनौठो प्राकृतिक चिन्हका कारण उनिहरु अन्य स्थानका मानिसहरु भन्दा भिन्न थिए ।
त्यहाँ जन्मने हरेक व्यक्तिको निधारमा जन्मजात नै यौटा गोलो टिका जस्तै खत हुन्थ्यो र त्यो नै त्यहाँको बिशेषता थियो । असल चरित्रका व्यक्तिको निधारमा सेतो खत हुन्थ्यो भने खराब चरित्रको व्यक्तिहरुमा त्यो खत कालो हुन्थ्यो । यसरी प्रकृतिले नै असल र खराब व्यक्तिको पहिचान गर्राई दिएकोले खराब चरित्रका व्यक्तिहरु समाजमा खुल्ला निक्लेर गलत कार्य गर्न हच्कीन्थे भने असल चरित्रका व्यक्तिहरु आफ्नो सदगुणका कारण शान्त र स्वतन्त्र हिँड्थे ।
समष्टिमा त्यो गाँउ अन्य स्थानको तुलनामा निकै शान्त , शुरक्षित र शुन्दर थियो ।
केहि समय यता त्यहाँ केहि फरक व्यक्तिहरुको प्रबेश भयो , उनिहरुको निधारमा कालो वा सेतो नभई खैरो-खैरो खत देखिन्थ्यो । यी खैरो खत भएकाहरु दिनको उज्यालोमा आफूलाई सदाचारीको हिमायति बताउँदै सेतो खतवालाहरु संग हिडंथे भने रातको अध्याँरोमा आफू पनि कालो खतवाला भएको बताँउदै खराब गुटसंग व्यस्त हुन्थे ।
यसरि बिस्तारै त्यस ठाँउमा असल र खराबको पहिचान गर्न गाह्रो हुन थाल्यो र बिस्तारै समाज अस्तव्यस्त हुन थाल्यो ।
हाल त्यो गाँउमा खैरो खतवालाहरुको जड यति बलियो भैसक्यो की उनिहरुले ‘सेतो खत हुनेहरु नै खराब हुन’ भन्ने बिचार समाजमा लादन थालीसके ।
आजकल सेतो खतवालाहरु रातमा हैन दिनमा पनि डर्राई डर्राई निस्कन्छन् , कालो खतवालाहरु पनि अचानक आएको अप्रत्यासित परिबर्तनले गर्दा रनभुल्लमा परेकाछन भने खैरो खतवालाहरुले विस्तारै पुरै गाँउलाई नै गाँज्दैछन ।
दिलीप आचार्य
http://dacharya.blogspot.com/
तपाईंका लघुकथाले सधैं समाजको
तपाईंका लघुकथाले सधैं समाजको सहि चित्रण गरिरहन्छन् खुब मन पर्छ । कथाले बर्तमान सम्मलाई त प्रष्ट पार्यो भबिष्य के होला त दिलिप जी?
क्या चित्रण छ, दिलिपजी!
वाही
क्या चित्रण छ, दिलिपजी!
वाही वाही!!
अर्थ लगाउनेहरूले विभिन्न अर्थ लगाउन सकिने लघुकथा हो यो। समालोचकलाई छोडिदिऊँ त्यो काम, तर तपाईंको लेखनशैली (न्यारेसन्) र पाठकलाई छोड्नुहुने खुल्दुलीलाई प्रशंशक हुँ म, सायद मजस्ता अरू पनि धेरै छन् होला।
-Kbs
तपाईंको सिर्जना पहिलो पटक
तपाईंको सिर्जना पहिलो पटक पढ्ने बित्तिकै अली अनौठो भान भयो अर्को कहिले निस्कदै छ?? निकै राम्रो बिषयमा उत्कृष्ट चित्रण…..
dilip ji maile pani tapaiko
dilip ji maile pani tapaiko katha pahilo choti padhe tara sarai ramro lekhnu bha rahechha.samajma yasta prabriti ko tattoharu le yesari nai ghusera nakaratmak asar pari raheko hunchha.bisaya bastu purano vaye ni prstuti naya ra sundar chha.
sunil sangam
मेरो सानो प्रयासलाई पढेर मलाई
मेरो सानो प्रयासलाई पढेर मलाई हौसला र प्रोत्साहन प्रदान गर्नुहुने सबैमा हार्दिक आभार ।
http://dacharya.blogspot.com
delip ge tapailai dhari dhari
delip ge tapailai dhari dhari badhai chha vastwa ma tapai samaj ko suva chintak nai ho jasla garda yo samaj ma rahaka yuba haru lai samaj parte khe garnu parchha bhanna dharana janauna katha la sandas denchha.
Teej ko detailed
भाद्र शुक्ल तृतिया तिथिको दिनलाई नेपाली हिन्दु नारीहरुको चाडको रुपमा बिशेष महत्व राख्दै आएको छ / पौराणिक कथा अनुसार हिमालय पर्वतकी सुपुत्रि पार्वतीले श्री महादेव स्वामि पाउँ भनि नदीको किनारमा बालुवाको सिवलिंग स्थापना गरी निराहार भई ब्रत बस्दा महादेव प्रसन्न भै बरदान दिई पार्वतीले माहादेवलाई स्वामि पाएको दिन हुनाले त्यति बेला देखि नै नारीहरुमा यस पर्बले बिशेष महत्व दिदै आएको छ / तिजको दिन बिबाह अगाडी ब्रत बस्नाले महादेव जस्तो स्वामि पाउने र बिवाह पस्च्यात ब्रत बस्नाले स्वामिको आयु वृद्धि भई शुख ,शान्ति र धन धान्य प्राप्त हुने बिश्वाशले नेपाली हिन्दु नारीहरुमा ”तीज ”पर्बले बिशेष लोक प्रियता हासिल गरेको छ / हरितालिका तीज को नामले महत्व राख्दै आएको यो पर्बलाई बिशेष गरेर तिन दिन मनाईन्छ / तीजको अघिल्लो दिन बिबाह गरेर पराई घर गै सकेका चेलीहरुलाई आफ्ना दाजु भाई हरु लिन जान्छन् भने माईती घरमा आमा तथा भाउजु बुहारीहरुबाट विभिन्न किसिमका खाने कुराका परिकारहरु तयार गरी ( बिशेष गरी लट्टे ) साँझमा खाजाको रुपमा र मध्ये रातमा ”दर” खाने चलन अझैँ पनि यद्धपी छ / बिशेष गरेर पहाड तथा ग्रामिण क्षेत्र हरुमा यो दर खाने चलनले बिशेष महत्व दिएको पाईन्छ ( ब्रत बस्ने अघिल्लो दिन माछा मासु खान हुदैन भन्ने शास्त्रिय कथनलाई पर सार्दै तीजको दरको नामले बिशेष गरी मासुको परिकार सहित शहरी क्षेत्रमा भोज भतेर पनि नहुने गरेका होईनन् / ) यसरी साँझ पख खाजाको रुपमा खाने र मध्ये रातमा पनि दरको रुपमा ( मध्यरातमा खाए पछि दिन भरी निराहार बस्दा भोकको महसुस हुदैन भन्ने चलन ) खाइ सके पछि बिहान नदीको किनार या तलाउ घर पधेरिमा स्नान गरी बालुवाको शिवलिंग बनाई माहदेवको आराधाना गर्ने गरी जल चढाई ब्रत प्रारम्भ गर्ने चलन छ / यसरी रातो साडी लगाई गर गहना पहिरियर दिन भरी पानी पनि नखाई निराहार बसी ( तर हिजो आज स्वास्थ्यलाई ख्याल गर्दै चोखो खाएर पनि ब्रत बस्ने गरिन्छ ) गाउँ घरको चौतारी अथवा शहर बजारमा चोक र चौरहरुमा रम झम गरी बिबाह गरेर गए पस्च्यात पिल्सीयर रहेका दुख र बेदनाहरु लगाएत देशको समसामयिक बिषयमा पनि गीतको माध्यमबाट प्रस्तुत गरी मनलाई हलुङ्गो पार्नु यो चाडले नेपाली नारीहरुको बिशेषता दिएको छ / दिन भरिको नाचगान र भोक प्यासलाई बिर्सदै सुर्य अस्ताई सके पछि पुन श्री महादेवको पुजा आराधाना गरी व्रतलाई समाप्त गर्ने चलन छ / चौथीका दिन स्नान गरी व्रत पारायण गरेपछि खाना खान्छन्। तेस्रो दिन ऋषिपञ्चमी पर्ने भएकाले त्यस दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको नदी, तलाउ वा धारा तथा कुवामा गई स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास छ। त्यसपछि अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खाइन्छ। यो पर्बले हिन्दु धर्म , सस्कृति र परम्परा प्रति बिशेष झुकाब दिइरहेको पाईन्छ / नेपाली हिन्दु नारीहरुले धर्म प्रति आस्था र बिश्वाश राख्ने हुनाले हाम्रो धर्म ,परम्परा र सस्कृति लाई संसार भरी नै पहिचान गराउदै ओजेल पर्नबाट जोगाई रहेकाछन् / देशको समसामाहिक अबस्था बिकृति र बिसंगगति बिरुद्ध गीतका माध्यमबाट आवाजहारू बुलन्ध गर्ने गरेको पाइन्छ / त्यसैले हामी संसारको जुन सुकै कुनामा रहे पनि हाम्रो धर्म , सस्कृति र परम्परा हरुलाई बिश्वमा नै प्रचार प्रसार गर्दै जगेर्ना गर्न मेला उत्सबहरुका साथ मनाउदै चेतना जागरण गराउने ज्ञानको आदान प्रधान हुनु अति आबस्यक छ / जसले गर्दा नेपाली नारीहरु बिच सदभाब र माया बढ्न गई सकारात्मक धारणाको बिकाश हुन जान्छ / यसको लागि जति नारीहरु सक्रिय हुन्छन् त्यति नै पुरुषहरुको सदभाब र सहयोगको खाँचो परेको हुन्छ / यसरी नारी र पुरुष मिलि गरेका सकारात्मक कामहरुले मेलमिलापको बिकास हुन गई आत्मीय भावना जागरुक हुन जान्छ / हाम्रो गाउँ घर समाजमा अशिक्षा र अन्धबिश्वसले अझै पनि रोमलिरहेको छ /चुलो चौकामा सिमित रहेका दिदी बहिनिहरुलाई परिबर्तन गराउने शिक्षाको बिकाश गर्न सक्ने आधार निर्माण गर्दै देशलाई समुन्नति र सम्वृद्धि बनाउनको लागि चेतना र शिक्षाको अति जरुरी हुन्छ / यस्तो जागरणले गाउँ घर देखि देशालाई नै समुन्नत पार्दै अन्धबिस्वसको पट्टीलाई खुलाउने ठुलो आधार हुन सक्ने छ / यसरी यस बर्षको तीज पर्वले देशको यो संक्रामक अबस्थालाई बिशेष ध्यान दिदै महिला शसक्तिकरण अभियान द्धारा शान्ति समुन्नतिका साथै सार्बभौमिक सपन्न राष्ट्रको नागरिकको रुपमा बाच्न पाउने अधिकारको बाहालि गर्दै देशको राष्ट्रियता र गौरबलाई कायम राख्दै हाम्रो अस्तित्वलाई जोगाउने सन्देशका गीतहरु गुन्जिन सकोस् / विश्वका बिभिन्न मुलुकहरुमा छरिएर रहेका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुबाट एक आपसमा मेलमिलापको भाबना जगाउदे बक्तित्व बिकाशका साथै देशको यो बिसम परिस्थितिलाई यो तीज पर्बमा आशा गरौ शान्ति स्थापनाका लागि जोडदार बिरोधाबासका गीतहरु गुन्जिनेछन् / अन्त्यमा , आफूसँग भएका ज्ञान र अनुभाभारुलाई एक अर्कामा बाड्दै टडक भड्क पनलाई नदेखाई चेतना मुलक सन्देशहरु प्रबाह गरी जनजागरण अभियानको रुपमा यो तीज पर्ब बन्न सकोस् / यो पर्बले नारी होस् या पुरुष दुबैलाई उत्साह र उमंग का साथ नयाँ जोसको जागरण गराओस् / यो जागरण रुपी रङ्गमन्चबाट हिम्सालाई अन्त्य गर्दै देशमा शान्तिको बाहाली होस् / देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु तीज पर्वलाई हर्ष उल्लासमय बाताबरणमा ससक्त झन्कार लिएर नयाँ सन्देशका साथ सफल बनाउन सकियोस् भन्दै मेरा प्रिय मित्रहरु लगायत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा २०६७ को ”’तीज ”’ पर्बको अग्रिम हार्दिक मंगमय शुभकामना ब्यक्त गर्दछु / श्री शिव भगवान् ले नेपाल र नेपालीहरुको रक्षा गरुन्
त्यहाँ जन्मने हरेक व्यक्तिको
त्यहाँ जन्मने हरेक व्यक्तिको निधारमा जन्मजात नै यौटा गोलो टिका जस्तै खत हुन्थ्यो र त्यो नै त्यहाँको बिशेषता थियो । असल चरित्रका व्यक्तिको निधारमा सेतो खत हुन्थ्यो भने खराब चरित्रको व्यक्तिहरुमा त्यो खत कालो हुन्थ्यो । यसरी प्रकृतिले नै असल र खराब व्यक्तिको पहिचान गर्राई दिएकोले खराब चरित्रका व्यक्तिहरु समाजमा खुल्ला निक्लेर गलत कार्य गर्न हच्कीन्थे भने असल चरित्रका व्यक्तिहरु आफ्नो सदगुणका कारण शान्त र स्वतन्त्र हिँड्थे ।
dILIP JI hajurlaai pahilo patak welcome ko sathma ……….. dherai thanks6 ramro lagyo tapaaiko laghukatha…. feri bhetne asha garchhu……..
Manoj kafle
kuwait