तिमी आउंदा देखन सक्छ्यौ मन भित्रको संसार मेरो
म रमांउदा देखन सक्छ्यौ मन भित्रको संसार मेरो
मन भित्रको भाव सवै गित बनाइ लेखने गर्छु
गित गाउंदा देखन सक्छ्यौ मन भित्रको संसार मेरो
भौतिक सुख सम्पत्तिमा अल्झिएको तिम्रो जीवन
दुख पाउंदा देखन सक्छ्यौ मन भित्रको संसार मेरो
तिम्रा लागी दिलमा ठाउं खाली राखी दिउंला
माया लाउंदा देखन सक्छ्यौ मन भित्रको संसार मेरो