Skip to content

रन्थनिएर ईलाका, बस्ती र गाउँ

  • by

बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न
बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न
बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न
बॆर छैन अब पापहरु सबै एक एक भन्डाफोर गर्न

अब कलम अन्याय र अत्याचार सहने वाला छैन
अब कलम सत्य र तथ्य कुरा लुकाउने वाला छैन
अब कलम कसैसंग रतिभर पनि डगने वाला छैन
होसियर ! अब कलम यत्तिकै चुप लाग्ने वाला छैन

चाहे त्यो सगरमाथा झुकोस कलम कहिलै झुक्दैन
चाहे ति नदिनालाहरु सुकोस कलमको मसि सुक्दैन
चाहे त्यो आकास झुकोस कलमको संसार झुक्दैन
त्यसैले दुनिया सुते पनि अब कलमको संसार सुत्दैन

कलम दहरिलो भाला बनेर मुटुनै छेडनु परेको छ
हो, बहादुर बनेर थाप्लोमा छेलो बजार्न परेको छ
निदर बनेर बन्दुकलाई पनि कलमले भुटनु पर्छ
सहासी बनेर तरबारलाई पनि कलमले गीडनु पर्छ

अरु त के कुरा अब देश नै हाक्ने आंट गरेको छ
राष्टनै कलमको टुप्पोमा नचांउने छांत गरेको छ
निरिह भएर सुत्ने बेला छैन अब कलम जुतदै छ
तातो तातो मसि तताउदै अब कलम सुरिईदै छ

होसियार ! धोकेबाजी र पापीहरुलाई नंग्याउला
टुप्पीमा नौ रंगी धजा बांधेर घरबाटै ढपाउला
हनुहारमा कालो मोसो दलेर बजार धुमाउला
कान समातेर हजारौ पटक उठ बस गराउला

(अनेसास जापानद्वारा आयोजित १९५औं भानु जयन्तीमा बाचन भएको रचना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *