Skip to content

एउटा भिखारी मायाको


एउटा भिखारी मायाको भिख मागें त के भूल गरें
बोल्दिनौ किन पहिले जस्तै आखिर म त जिउँदै मरें

मनको मन्दिरमा पूजा गरें तिमीलाई त देउतै ठानें
हजार हजारमा माया गरें तिमीलाई त एउटै छानें
नबुझ्दा तिम्रो मनको कुरा दोधारै मा परें परें
एउटा भिखारी मायाको भिख मागें त के भूल गरें

दिलको बारीमा सपना रोपें तिमीलाई आफ्नो बनाउँछु भनें
पाईला पाईलामा साथ खोजें जिन्दगी सँगै बिताउँछु भनें
तर तिम्रो ती कुरा सुन्दा छाँगाबाटै झरें झरें
एउटा भिखारी मायाको भिख मागें त के भूल गरें

स्वर – रामकृष्ण ढकाल
संगीत -जूगल डङ्गोल
शब्द – सुनिल संगम
एल्बम – इच्छा

3 thoughts on “एउटा भिखारी मायाको”

  1. This song touch my heart. At
    This song touch my heart. At preset I lives in India but I always listen to Ram krishan’s songs. I wish his more success in life.
    Raju Katel
    Sundarpur-3, Udayapur
    (Now :New Delhi)

  2. मिठो गीत सुनिल जी ,
    दिलको

    मिठो गीत सुनिल जी ,
    दिलको बारीमा सपना रोपें तिमीलाई आफ्नो बनाउँछु भनें
    पाईला पाईलामा साथ खोजें जिन्दगी सँगै बिताउँछु भनें
    तर तिम्रो ती कुरा सुन्दा छाँगाबाटै झरें झरें
    एउटा भिखारी मायाको भिख मागें त के भूल गरें

Leave a Reply

Your email address will not be published. Required fields are marked *