मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
लोभ
kbs — Sat, 07/04/2009 - 09:16
नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- 'नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली! ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ ।'
मौसम परिवर्तन भयो । भीषण वर्षा भयो । ऊ खयरको रूखको फेदमा गएर ओत लाग्यो । पानी ठूलो परेकोले नदीको वहाव बढ्यो र भँगालोसमेत तर्न नसक्ने भयो । ऊ खयरको फेदमा ओत लागेर सोचिरहेको थियो- 'खोलो बढेर आफू नजिक आयो भने के गर्ने, आज बाँचिदैन होला ।' उसको मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको थियो ।
उसले सोचेजस्तै नदीको पानी बढेर ऊ नजिक आयो । ऊ चिच्यायो, करायो- 'प्रभु! बचाऊ । ईश्वर बचाऊ!!!' उसको होस्हवास उड्यो । उसले आफू मृत्युको मुखमा पुगेको अनुभव गर्यो ।
नदीको पानी बढ्दैबढ्दै उसको पैताला छोयो । ऊ झन् हतासहतास हुँदै चिच्यायो- 'प्रभु बचाऊ! भगवान् बचाऊ! खै ईश्वर, खै भगवान् ? यदि भगवान् भएका भए म निर्दोष मान्छे विपत्तिले मर्न लाग्दा बचाउनुपर्ने हो तर ईश्वर रहेनछन् । ईश्वर मरिसकेछन् । ईश्वर भन्ने कुरा भ्रम हो । ऊ हतास हुँदै चिच्याइरहृयो ।
'मलाई किन पुकार्यौ मनुष्य ?' एकाएक भगवान् प्रकट भए । उसलाई सपनाजस्तो लाग्यो । उसले आँखाले भ्रम देख्यो कि भनेर थुक लाएर आँखा मिच्यो तर उसको अगाडि साँच्चै ईश्वर प्रकट थिए । उसले हात जोडेर भन्यो- 'भगवान् मलाई बचाउनुहोस् नदीले बगाउन लाग्यो ।'
'मूर्ख मनुष्य! वषर्ा रोकि सक्यो । केहीछिनमा नदी घट्ला । किन आत्तिन्छस् ।
'होइन भगवान्! वषर्ा रोकिए पनि नदी रोकिएको छैन । मलाई बचाउनुहोस्'- उसले भगवान्सँग अनुरोध गर्यो ।
भगवान्ले भने- 'मलाई किन पुकारेको ? के माग्छस् माग, मलाई हतार भइसक्यो ।'
यस क्षण के माग्ने ऊ अत्तालियो । बचाउनुहोस् भन्दा नदी घट्न लागेको ईश्वरकै मुखबाट उसले सुनेकाले बाँच्ने आशा पलाएको थियो । गाडी, घर, सम्पत्ति, जग्गा, जमिन के माग्ने, ऊ सोच्दै थियो ।
छिटो माग तर एउटा कुरा मात्र माग्नुपर्छ भने भगवान्ले । ऊ झसङ्ग झस्कियो । के माग्ने मन्त्री, प्रधानमन्त्री, पद, प्रतिष्ठान, अर्बौँ रुपियाँ । के माग्ने ऊ एकीन गर्न सकिरहेको थिएन ।
छिटो माग! मेरो समय सकिन लाग्यो- भगवान् उडौँलाझैँ गर्न लागे ।
उसले सोच्यो करोडौँ रुपियाँ माग्छु । पैसाको थुप्रो भएपछि यसैमा ओत लागे पनि हुन्छ । नदी पनि घट्दैछ । पैसा मागेँभने जेमा खर्च गर्दा पनि हुन्छ । उसले प्वाक्क बोल्यो- 'एक अर्ब रुपियाँ दिनोस् प्रभु!'
'मूर्ख मनुष्य!' भगवान् मुसुक्क हाँसेर' तथास्तु भनेर अन्तध्र्यान भए ।
छिपछिपे पानीमा एकाएक एक अर्ब रुपियाँको थुप्रो देखापर्यो । ऊ हर्षले चिच्यायो र आँखा चिम्लेर गम्ल्याङ्ग अँगालो हाल्यो । त्यति नै खेर नदीको वेगले उसलाई र पैसाको थुप्रोलाई बगायो ।
- 1867 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 15 hours ago - आभार
3 days 11 hours ago - बहुत खुब कहिल्छि ।
6 days 10 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- समयकाे धुन
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- सानु तिम्री बहिनीले
- सडकको एउटा पेटीमा
- जड्याहाको बस्ति र म
- जीवन हुन्छ पीडादायी
- इन्जिनियरिङ नेपाली
- क्योतोः जहाँ म नेपाल देख्छु
- देउकी
- पर्व सुधार कसरी ?
- अनौठो पो हुदो रैछ
- हेर मेरी सानी गुडिया
- वनकी चरी
- तीन मुक्तक (गोधुली साँझ ढल्किएपछि)
- विनास काले विपरीत बुद्धि
- म भुलुँ कसरी
- गजल (समय यो)
- ईश्वरका टुना र विशाल (छन्द : भुजङ्गप्रयात)
- भूकम्प एक विम्ब अनेक
- साँच्चै मेरो देश यस्ती देखिन्छिन्
- भवनीशङ्कर दङ्गाल र उनको गीतासार
- टोपी
- कथाको कथा
- गणतन्त्रमा रमाएका राजा
- फूल
- खहरेको भेल-रहेछ
- शायद
- शिक्षा, बेरोजगार र राजनीतिको सम्बन्ध (समसामयिक लेख)
- दिलकुमारको फेसबुकभित्र "आरुबोटे कान्छो"
- हजुरबाको आशीर्वाद
- जलक्रिडा
- शान्ति नायक
Post new comment