Skip to content


स्वर्गको फूल
धरतीमा फुलेछ
निमोठी हाले ।

झ्याउ पलायो
पोखरी भरी टम्म
माछो रमायो ।

आकाश पारि
के कस्तो पो छ कुन्नि
स्वर्ग छ भन्छन् ।

भोरको बेला
रुञ्चे गीत गाउँछे
एक्ली तरुनी ।

एकाबिहानै
सच्चा प्रीति देखियो
परेवा जोडी ।

फूल त फुल्यो
भाव खुल्न सकेन
उराठ मन ।

-पकनाजोल, काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *