Skip to content

फेर्नुपर्छ काँचुली नेपालले अब

  • by


हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब ।

अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब ।

पीर होस् कि हर्ष सँगै भोग्नुपर्दछ
तराई, पहाड र हिमालले अब ।

सुन्नु सुन्यौँ भाटका सङ्गीतका धुन
बज्नुपर्छ नयाँ सुर-तालले अब ।

हामी लक्ष्य भेट्न हिँड्यौँ वेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब ।

-भैरहवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *