Skip to content


सजिएको सिउँदो देखाई मार्ने नगर
मायाप्रेमको नाटक गरी हाँस्ने नगर ।

मायामहल खडा गरीदिन्छु भन्ने तिमी
झुठो माया पिरती लगाई ढाँट्ने नगर ।

मेरो योवन तिम्रो खेल्ने फूल होईन
सर्परुपी माया बनी सधै डस्ने नगर ।

नशालु तीर नजरले मारी सकेपछि
अद्धष्य भै धोकारुपी छुरी धस्ने नगर ।

माया स्वच्छ अविरल अनन्त यात्रा हो
एकै जन्मभित्र यसलाई मास्ने नगर ।

२४ जुन २००९
Khadkabinod02@yahoo.com

http://www.khasskhass.com/home.htm

Leave a Reply

Your email address will not be published. Required fields are marked *