Skip to content


युवक म हुँ छ युवा शक्ति यी मेरा काँधमा
युवती म हुँ छ युवा शक्ति यी मेरा हातमा

काँधको शक्ति बिसाइ भर्ती म हुन्न विदेश
हातको शक्ति नचिनी खुम्ची म रुन्न स्वदेश

म छर्छु चेत मस्तिस्क खेत चिनाउँछु स्व ः ऊर्जा
म चाल्छु औँला चर्खाझैँ चल्ला स्वदेशी कल पुर्जा

जे जे छ स्रोत त्यो उपयोग गरेर आर्जन
बढाउँछु आˆनै पोखेर जम्मै पाखुरी पाइन

नेपाल आमा नेपाली सारा शिरमा राखेर
म गर्छु काम यिनकै नाम दिलमा भाकेर

म फुट्न दिन्न घरको मानो एउटै छ छानो
म पस्न दिन्न सीमाको खामो मुटुको हो गानो

हारेर बस्ने परेली पुछ्ने कदापि छैन म
संसार मेरो जित्ने छ धोको पर्दिन पछि म

Leave a Reply

Your email address will not be published. Required fields are marked *