Skip to content


आगो फलाउँदै मनमा
निफन्दैछु पीडाका विस्कुनहरू
उफ
कस्तो दशा हो यो
कि नियति नै यस्तो हो
ज्वाला दन्कँदो छ
आगोको फिलुङ्गो फूल उमारेर
कुइरी मण्डल धुवाँ मुस्ल्याउँदै
कालो रङ छरपस्ट हावामा
पत्पती दन्कँदो छ कालो कालो लप्का धुवाँको
आतस उछिन्दै लतपतिदै नीलगिरिमा
निर्खाछ आगोको एक झिल्काले मात्र पनि
फुलाउँदै बीभत्स फूल
बदल्दै काला काला कोइलाहरूमा
रङको विसङ्गति, रङको विमति
कालो रङ अपसगुन
कालो रङ रक्षाका लागि लगाइने
तिलक पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *