Skip to content


पढाइमा ऊ राम्रो थियो । राम्रो पढाइले मात्र जागिर पाउन गाह्रो देशको व्यथालाई उसले राम्रैसँग बुझेको थियो त्यसैले उसले त्यो व्यथाको ओखती पनि विद्यार्थीकालमा नै बनाएको थियो । यी दुई कारणले उसले एउटा सानदार जागिर पायो, ‘विश्वविद्यालयको लेक्चर’ विश्वविद्यालयको प्रवेशसँगै उसलाई गहन जिम्मेवारीले थिच्न थाल्यो, विद्यार्थीलाई असल मान्छे बनाउने, देशको निम्ति दक्ष जनशक्ति तयार पार्ने, इमानदार, बफादार, कर्तव्यनिष्ठ अनुशासित, सुयोग्य,…. नागरिक निर्माण गर्ने ।

आफ्नो मिहिनेत, लगनशीलता र आवश्यक ठाउँमा आवश्यक ओखतीको प्रयोग गर्दै ऊ विभागीय प्रमुख भयो । पदयात्रा ठूलो थियो, काम मात्र धेरै थियो तर सुविधा र पैसा भने निकै न्यून थियो । चित्त बुझाउने बाटो थियो विद्यार्थीको नमस्ते आत्म सन्तुष्टिको बाटो थियो असल नागरिकको निर्माण ।

एक दिन नम्बरको विषयलाई लिएर विद्यार्थीको एक झुण्डले उसलाई धेरै उपहार स्वरूप जुत्ताको माला गलामा लगाइदिए भने मुहारमा कालो पाउडर दलिदिए । उसको भ्रमको घर चकनाचुर भयो । आफूले उत्पादन गरेका योग्य विद्यार्थीको सुयोग्य कामप्रति कृतज्ञता ज्ञापन गर्दै उसले तत्कालै राजीनामा दियो र केही दिनपछि देशबाटै बिदा लियो ।

1 thought on “राजीनामा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *