Skip to content

आँखामा तीन मुक्तकहरु


“आँखामा” तीन मुक्तकहरु
सुस्मा मानन्धर

परेलीका डीलहरुमा उर्लेर खुशीले
कहिलेकाँही आँखामा फुलेका छन
मेरा आसुँ
ब्यथामा पिल्सिएर कैले भने
आँखामै सुकेका पनि छन्
मेरा आसुँ ।
==========================
हाँसोहरु चुनेर अधरले
आँखाभरी एउटा मिठो रहर छ
लामो समय सम्म रहर गर्ने आँखाहरु
तर खै तिमीलाई के भनुँ
आँखाभित्र झुलेनन सपना
अब त्यहां
मात्र एउटा बिरान शहर छ ।
===========================
तिरस्कारको बदला भलै
कुनै प्रतिकार नगरुँला ,तर
जल्दै जीवन मौनतामा
झरी जान सक्छ ।
बिस्वासहरु चुँडाए पत्रपत्र
के बेर सपना अपाहिज बन्न
आँखाभरी छाएका मायालु सपना
यो तातो आँसुसँग बहिजान सक्छ ।
[email protected]

1 thought on “आँखामा तीन मुक्तकहरु”

  1. बिस्वासहरु चुँडाए पत्रपत्र
    के

    बिस्वासहरु चुँडाए पत्रपत्र
    के बेर सपना अपाहिज बन्न
    आँखाभरी छाएका मायालु सपना
    यो तातो आँसुसँग बहिजान सक्छ ।

    Susma ji Dherai ramro chha

Leave a Reply

Your email address will not be published. Required fields are marked *