Skip to content


एकादेशको काले गाउँमा एकदिन एउटा खाइलाग्दो अज्ञात प्राणीले विवाद प्रक्षेपण गरििदएछ । कुन लोक वा कुनचाहिँ ग्रहपिण्डबाट के उद्देश्यले किन आएछ त्यो अज्ञात वस्तु, कसैले भेउ पाउन सकेन । तर, उसले विवाद खडा गरििदयो । विवाद पनि यसरी व्यापक र तीक्ष्ण बनिदिएछ कि अज्ञात प्राणीको स्वर सुन्दै दाइ काले र भाइ काले दुवैका नेत्र बलेछन् । पेटका कीरा एकाएक सल्बलाएछन् । रौँ ठाडा भए । चिटचिट पसिना । फर्फराएका आँखीभौँ । रसाएका नाक । फर्किएका लोती । उर्लिएको श्वास खँलाती । रसिले मुर्मुरएिका काले बन्धुहरू सुदूर भविष्यसँग भ्याउने गरी नयाँ नजिर निर्माण गर्दै पहिलो चरणमा वाग्वाणको हिलो छ्यापेर हानथाप गर्न थालेछन् ।
“तँ चोर, तँ चोर ।”
“तँ दाइमारा, तँ भाइमारा ।”
“तँ घुस्याहा, तँ ठग ।”
“तँ हन्तकाले, तँ लुच्चो ।”
“तँ फटाहा, तँ पेटाहा ।”
दुवै भाइको मुखारविन्दबाट बाग्वाणको फेहरस्ित बढ्दै गयो । बोलीका लबजहरू तिखारँिदै, चिल्लिँदै, चम्किँदै र टल्किँदै गए । गणेश रसिक र भोजपुरे बन्धुको गीतको गेडो समातेर रमिते चराहरू चिर्बिर गाउन थालेछन्, ‘काले काले मिलेर खाउँ भाले ।’
सहरबजार, गाउँघर काले विवादको लालित्यपूर्ण लयदार गीतले गाउँबेसी, वनपाखा, सहरबजार एकसाथ घन्कियो । मानवबस्तीभन्दा बाहिरका भीरपहरासम्म रन्कियो । जंगल, निकुञ्ज र पाखापर्तीसम्म गुञ्जियो । बनेल, चितुवाहरूसमेत जंगली झाडीबाट खुला चउरतिर निस्किएर चर्चा गर्न थालेछन्,
‘के भयो यी कालेहरूलाई । आजसम्म त्यो वंशको शाखा विस्तारमा यस्तो कुनै घटना भएन । कुनै यस्तो नजिर थिएन । जानेबुझेसम्म इतिहासको कुनै कालखण्डको बाँकी बक्यौता र उज्राती पनि थिएन । बिचरा जंगलका पशुपक्षी पनि चिन्ताले तिलमिलाएछन् ।’
त ठूलो काले र सानो काले दुवै पाखुरा सुुर्किएर एकअर्कोमाथि जाइलाग्ने पोजिसनमा कायमै थिए । आसेपासे र छिमेकीहरू चकित परेर जम्मा हुँदै गए । तमासेहरू लुँडो लागेर चारैतिर घेर्न थाले । विवादका भनाइ र भंगीमा अनुसार नै तमासेहरू पनि इमानदारीपूर्वक घरी ताली बजाउँदै गर्थे, घरी सुसेली हालेर मेला रन्काउँथे । ताली लयदार बन्दै जाँदा कालेबन्धुको सनकमा शतप्रतिशत वृद्धि भएको छनक मिल्थ्यो । एकले अर्कोलाई घरी भित्तैसम्म ठेल्दै थियो । घरी अर्कोले छेउको भाइलाई डिलैसम्म पेल्दै थियो । वाग्वाणको वषर्ाले वाग्देवीको वरण गर्ने कार्य झन्झन् मुक्तकण्ठले चर्किंदै थियो,
“म तेरो मुख हेर्दिनँ ।”
“म तेरो बोली सुन्दिनँ ।”
“तँलाई म हटक गर्छु ।”
“तँलाई म कटक गर्छु ।”
लाप्पा खेल्ने दुवै भाइ बलिष्ठ थिए, एकरत्ति पनि कोहीभन्दा कोही कम थिएन । ऐन-कानुनबमोजिम समान रहेछन् । सनद सवालबमोजिम कुच्चाको टुप्पोझैँ बराबर मुठारएिका रहेछन् । आरनबाट भर्खर तयार पारएिको झीरझैँ बराबर तिखारएिका रहेछन् । एउटै अडेरीमा राखेर उस्तै मैरीले उजिल्याएका सुनका गहनाझैँ एउटै प्रकाशमा टल्किएका रहेछन् । पहिलेका ठेकी खान्की र दैदस्तुरबमोजिम बरोबर बाँडिएका रहेछन् । विवादमा वाचनशील बनेका कालेबन्धुको सुरसन्धानले छरछिमेक पनि रन्कायो । गाईजात्राको भक्तपुरे नाचभन्दा पनि मापाको दृश्य प्रस्तुत भयो काले टोलको पाण्डालमा । सर्प खेलाइ हिँड्ने मदारीहरू आफ्नो भन्दा करामति दृश्य देखेर मुक्तकण्ठले प्रशंसा गर्दै मोहित बन्न थाले । बाँदर नचाउने र तमासा देखाउने चटकीहरू अकमक्क पर्दै लट्टिए । छिमेकीदेखि टाढाटाढासम्मका मनुवा थपिए । पत्रकार, पर्यवेक्षक, सुरक्षाकर्मी, मानव अधिकार, नागरकि समाज सबैतिरका सुकिलामुकिला प्राणीहरूको जमघट भयो । चकचके भुराहरू मर्यादाक्रमबमोजिम सिट्ठी फुक्न थाले । कतिपयले नियम विनियम र बन्दोबस्तीबमोजिम सुसेली हाल्दै मेलामा रौनक थपिदिए । एकछिनपछि तिनै उर्वौला केटाकेटीहरू भीडभाडको आड लिएर गट्टा बर्साउन थाले ।
अलि प्रौढ उमेरका तटस्थ पर्यवेक्षकजस्ता लाग्ने समुदाय डिलमा बसेर चर्चा गर्दै थिए, ‘हँन के भयो आज यी कालेहरूलाई ? परापूर्वकालदेखि नै नङमासुजस्तै मिलेर बसेका थिए । आन्द्राभुँडीजस्तै गाँसिएका थिए । टेप वर्मजस्तै एकअर्कोसँग टाँसिएका थिए । जेठा-कान्छाका बीचमा अदव थियो । अदवभित्र धेरैथरी मर्यादाका दबदबाहरू थिए । जेठालाई कान्छाले मान्थ्यो, कान्छालाई जेठाले सघाउँथ्यो ।’
चप्काउन दुवै खप्पिस थिए । कसैलाई शंकाको सुविधा दिँदैनथे, अनुशासन थियो । पुराणवाचन गर्ने व्यासासन थियो, जो छ सो महाजन भन्ने वाणीको अनवरत प्रकाशन थियो । मण्डी ओढेर घिउ खाँदा मिलेरै खान्थे । भाग शान्ति खान्थे । अशान्ति गर्दैनथे । काम्लो ओछ्याउँदा मिलेरै ओछ्याउँथे । त्यहाँमाथि बसेर इन्साफ दिँदा झन् सारो मिलेका हुन्थे । कसैले बेनिसाफ भयो भनिहाले एकमुख लागेर प्रतिवाद गर्थे । यस्तोमा झन्सारो मिलेका हुन्थे । चारा टिप्न चुच्चो मिलाएकै हुन्थे । जुधाउँदैनथे । पाए र भ्याएसम्म टिपी नै रहन्थे । अघाउँदैनथे । थाक्दैनथे । मासमस्यांगदेखि मूलाकाउलीसम्म जोजो भेटिन्छ, जिप्ट्याउँथे । छाड्दैनथे । अरूलाई सधँै कानुनका कुरा सुनाउँथे । दफा देखाउँथे । सारा पढाउँथे तर आफू नियमविनियमका व्यवस्थाहरू तोड्न मन पराउँथे । तोड्दा मिलेर तोड्थे । दया र करुणाका अवतार थिए । त्यसैले सेवाग्राही वर्गलाई सधैँ झुलाउँथे । बयानब्बेलाई सधैँ उनन्तीस बनाएर आयु वृद्धि गराउँथे । अनि, बीसौँ वर्ष धाउँदा पनि इन्साफ नपाएर विलखबन्द परेका नागरकि वृन्दका लागि पाल्पाली करुवा बनेर आशाको टुटी देखाइदिन्थे । झुक्याउँदै छक्याउँदै सरकारी दाना पचाउन गारो मान्दैनथे । सित्तैँ पचाउँथे । बन्दहडताल भए अफिसै नगई जुवा नार्थे । हारजितमा दिन बिताउँथे । महिनौँ हप्तौको हाजिरी एकैदिन बजाएर जागिरलाई भोर्जुवामा मनाउँथे । अर्कातिर क्लाइन्टहरू फकाएर पत्रैपत्रका जितौरी आश्वासन बाँड्थे । दस-पाँचको अफिसलाई दुई-तीनभित्र अटाउँथे । सरकारी गाडी तेल र मसलन्दको व्यक्तिगत पेवाका रूपमा भरपूर सदुपयोग गर्थे । नेता नायकभन्दा कम हुँदैनथे । बरु यदाकदा केही बढी नै हुन्थे । वचनका पक्का थिए । प्रवचनका चर्का थिए । जनताको काम गर्न भनेपछि सधैँ हुरुक्क हुन्थे । छेउभित्ता तलमाथिको खाली ठाउँमा नाउँ बजाएरै खुरुक्क र्फकन्थे । सेवाग्राही भनाउँदो निमुखा प्राणी आफ्नैजस्तो मुख लिएर लुरुक्क र्फकन्थ्यो । एकदिन, एक वर्ष, दुई वर्ष, दस वर्ष, बीस वर्ष ऊ सधैँ र्फकन्थ्यो । तलबको घाँसे चउर सधैँ खुला । आफ्नै सेवा आफ्नै मेवामै रमाउँथे । महमा लट्टन्िथे । सात्त्विक थिए । त्यसैले उनाउ आम्दानी नाउँको दानदातव्यलाई सुनपानीले चोख्याउँथे । त्यसै ग्रहण गर्दैनथे ।
पर्यवेक्षकहरूका आशंका अझै चुलिँदै गए । चर्चाको बाढी उर्लिंदै गयो । मान्छे भन्दै थिए, के भयो आज यो काले खलकलाई ? कसले धुइँपुत्लो लगाउँदैछ काले वंशको विशाल वटवृक्षको फेद कपेर । कताबाट धमिरा सल्कियो ! कताबाट कसरी डढ्यौला दन्कियो ! कताबाट भाइभाइका साँधमा अगती फुल्यो ! कसरी विषवृक्ष हुर्कियो ! सधँै एकले अर्कोलाई काँध थापिरहन्थे । कहिल्यै चाँचूँसम्म गर्दैनथे । चाहिँदो नचाहिँदोजस्तो चारी टिप्नुपर्दा पनि संयुक्त रूपमा चुच्चा चलाउँथे । कसले वाज हुलिदियो काले वंशको परेवाको संसारमा । कसले साँडा चिलहरूलाई पल्कायो यी चारो टिप्न मात्र जान्ने विचरा कलिला काले चल्लाहरूको बथानमा ? कसले एन्थ्य्राक्सका अरङि्गाल पठायो भर्खरै फूलको खोजीमा बारी बगैँचामा डुल्दै गरेका मौरीहरूको बथानमा ।
विचराहरू सधँै मिलजुल गर्थे । कहिल्यै ङारङुर गर्दैनथे । सधैँ आपसमा भनाइ शिरोपर गर्थे । कहिल्यै केही नाइँनास्ती गर्दैनथे । एक भाइले ग्राहक गुहारेर गुह्य कुराको मेसो मिलाउँथ्यो । अर्कोले भरोसा दिलाउँथ्यो । एक भाइले खोजी खोजी कच्चा पदार्थ बटुल्थ्यो । अर्कोले बसीबसी थला मलेर प्रशोधन गर्थ्यो । एउटाले बाली झारझुर पाथ्र्यो । अर्कोले सुकाइपकाई बताउँथ्यो । एउटाले केलाइकुलाई गर्थ्यो । अर्कोले ढोक्से भकारी भरेर थन्क्याउँथ्यो । एउटाले सीधासार्धम तयार पाथ्र्यो, अर्कोले कर्मकाण्ड चलाउँथ्यो । एउटाले मन्त्र पढ्थ्यो । अर्कोले हत्यौडी गर्थ्यो । एउटा घारो पसाथ्र्यो अर्कोले मह काट्थ्यो । अनि, भागशान्ति बाँड्थ्यो । यसो आँखा छलेर बेलामौकामा हात चाट्थ्यो । तर, त्यसले त्यति फरक पार्दैनथ्यो । चाटचुटपछि फेर िअर्को अभियानमा मिलेर जुट्थे । मिलेर जुत्ता साट्थे, मिलेर बिजुलीका लाइन जोड्थे । कोहीभन्दा कोही कम थिएन । सबै पराक्रमी थिए । पराक्रम देखाउँथे ।
दर्शकदीर्घामा गाइँगुइँ हल्लाहरू चल्दै थिए । पर्यवेक्षकहरू तर्क-वितर्कका भुमरीहरूमा रङि्दै थिए । काले गाउँको झगडाको आगो हावाको बल पाएर झन्झन् दन्किँदै गएछ । अनि, छिमेकी झालोमाले गाउँसम्म पनि सल्किने सम्भावना देखिएछ । वरपरका छिमेकीहरू तत्काल सक्रिय भएर झगडाको आगो निभाउन कस्सिए । बिल्टुवा बसेको मानव अधिकारकर्मी र नागरकि समाजले सिङ्जुरो नभएको भनेजस्तै इलम भेट्यो । अनि, हतारहतार संवाद र सहमतिको शान्ति प्रस्ताव लिएर झगडा मिलाउन तम्सियो । सबैको सहकार्यमा छानबिन आयोग बनाउने टुंगोमा मोफसलको सभा टुंगियो ।
आयोग बन्यो । छानबिनको क्रम पारोझैँ तातेर रन्कियो । खलाँतीको सहाराले भर्भराउँदो भएको भुंग्रोमाथि प्रतिवेदनरूपी तावा तात्न थाल्यो अनि लामै सेकतापपछि छानबिन टोलीले पत्ता लगायो ः काले टोलको झगडाको कारण भाले रहेछ ।
पहिलेदेखि मिल्दै आएको भालेको भागबन्डामा कताकता के चुकुल खुस्किएछ कुन्नि ! कतै नंग्रा दारा । कतै कल्की जाँते । कतै टाउका करंग । कतै फिला सपेटा । अनि, कतै भने भुत्ला पखेटा देख्तै लाग्थ्यो यसपालि भाले देहको भागबन्डामा बेहिसाब गडबडी भएछ । यता वर्तमान समयकै नमुनास्वरूप विशालकाय भालेको सफाया हुनु उता भागबन्डामा गडबडी हुनुबाट । दुवैतर्फ खतिको विपत्तिकजन्य भूकम्प आएछ ।
बल्लतल्ल प्रतिवेदन पेस भयो । अभूतपूर्व भाले विवादलाई तार्किक निष्कर्षमा पुर्‍याउन थरीथरी सुझाव तयार भए तीमध्ये निचोडचाहिँ यस्तो रहेछ ।
‘आइन्दा जत्रो जस्तोसुकै रंग, वर्ण, तौलको भाले भए पनि सबै खाले अंग अवयवको सम्यक समायोजनसहित भागबन्डा मिलाउने ।’ प्रतिवेदनको सुझाव सुन्नेबित्तिकै आइन्दा आइपर्ने र हातलाग्ने भालेको भागशान्ति बन्डा गर्ने सर्तमा हालको अशान्ति आफँै मत्थर हुन पुगेछ ।

नेपाल साप्ताहिक ३५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *