Skip to content


कति जल्छौ आरिसले अँझै जल्दै गर
म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर

काँडेतारको बार लाए नि मेरो यात्रा रोकिन्न
हत्केलाले सूर्यलाई कहिले पनि छेकिन्न
कति गर्छौ उपहास अँझै गर्दै गर
म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर

तिल जत्रो कुरालाई पहाड जत्रै बनाऊ
झूठको खेती सप्रियो भने दीपावाली मनाऊ
कति काट्छौ कुराहरू अँझै काट्दै गर
म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर

शब्द: वुद्धवीर लामा
स्वर: कुन्ती मोक्तान
संगीत: शीलाबहादुर मोक्तान
एल्बम: चोली राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *