Skip to content


बगैचाको फूल तिमी मलाई त्यसको माली बनाऊ
हर जित चुम्नु तिमी मलाई त्यसको ताली बनाऊ

छेक्नु छ सब आँधी हुरी अनि आउने समस्यालाई
खाँबा बन्नु तिमी मलाई त्यसको पाली बनाऊ

छेउ बलियो भए मात्रै हुन्छ गराको बचाउ पनि
खेत बन तिमी मलाई त्यसको आली बनाऊ

मन्दिरमा जाँदा पनि साथै आउने मन छ हजुर
भक्त हौ तिमी मलाई त्यसको थाली बनाऊ

फक्रेकै राम्रो हो फूल ओइलाएको भन्दा धेरै
फुल्नु मैमा तिमी मलाई त्यसको डाली बनाऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *