मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
परदेशीको सम्झना
khadkabinod — Sat, 07/18/2009 - 03:29
त्यो सानो देश नेपाल हाम्रो
सारै नै प्यारो छ
जहाँ नै जाँउ जता नै पुगौ
सम्झना उर्लिन्छ ।
पहाडी पाखो तराईको फाँट
चटक्कै मिलेको
उत्तर हाँस्ने त्यो सेतो हिमाल
अहाँ क्या राम्रो खेलेको ।
सम्झना सधै आउँछ यहाँ
नेपाल देशको
साथी भाईसँग मेला र पर्म
रोधी है धाएको ।
त्यो मीठो पीठो ढिंडो र रोटी
गुन्द्रुक साँधेको
आँगनै राम्रो छेउमा गोठ
गाईवस्तु बाँधेको ।
सम्झना सधै आउँछ यहाँ
नेपाल देशको
लेक र बेसी पहाड र तराई
मुसुक्क हाँसेको ।
“नेपाली” हाम्रो परिचय एउटै
प्रवासको भूमिमा
ईमानले बाँच्छौ ईमानले जीउँछौ
स्वाभिमान साथमा ।
शान्ति हो हाम्रो कामना एउटै
सबैको भलो होस
मरेर आफु बचाउँछौ अरु
अमर भई रहोस ।
सम्झना सधैं आउँछ यहाँ
नेपाल देशको
लेक र बेसी पहाड र तराई
मुसुक्क हाँसेको ।
झरझर गर्दै झर्दछ झरना
पहाडी पाखामा
गाँउदै होलिन ती मेरी प्यारी
प्रेमकै भाषामा
सन्देश बोकी परेवा आउला
शान्तिको नाममा
सन्चै छु आमा तिम्रै छ माया
परदेशको कुनामा
११ जुलाई २००९, शनिवार
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
17 min 49 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 44 min ago - hlw
22 hours 25 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- अनेसास जापानले सहित्य शृंखला तथा शोक सभाको आयोजना गर्ने
- यहाँ यस्तै छ
- भानु चेत जयन्तीमा बाहुन बनाइँदा
- कुरा चल्दैछ तिम्रो बारे
- डर लाग्छ
- रातो कोट
- समस्या
- छातीको दुध मेरो
- लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
- गजल
- तिम्रो नजर वाण भयो (दोहोरी गजल)
- कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला
- तपाइँको पहाड कहाँ हो ?
- कथामा समाजको चित्र
- कुरो कुन्थरो
- असार
- कसरी म हाँसु ?
- बनी प्रेमको प्याला
- तिम्रो उपहार
- ऊ र उसको सहर

विनोदजी, कविता सललललल बगेको
kbs — Mon, 07/20/2009 - 21:16विनोदजी,
कविता सललललल बगेको छ। गीत भर्न लायकको छ। लेखन र सम्पादनमा राम्रो ध्यान पुर्याउनुभएको छ। अँझै लेख्दै जानुहुनेछ भन्ने आश छ।
--कुमार
Thank you Kumarji !!!
khadkabinod — Tue, 07/21/2009 - 00:19Thank you Kumarji !!!
सम्झना सधै आउँछ यहाँ नेपाल
Manoj kafle — Tue, 07/21/2009 - 12:53सम्झना सधै आउँछ यहाँ
नेपाल देशको
साथी भाईसँग मेला र पर्म
रोधी है धाएको ।
त्यो मीठो पीठो ढिंडो र रोटी
गुन्द्रुक साँधेको
आँगनै राम्रो छेउमा गोठ
गाईवस्तु बाँधेको ।
वास्तब मा तपाइको कबिता ले म नेपाल छदाखेरि को याद आयो
हो येस्तै हुन्छ तपाइले लेखेजस्तै ..... मन
पर्यो
राम्रो कविताको लागी Thanx
मनोज काफ्ले 'मनसुन'
manojmansun@yahoo.com
www.manojkafle.wordpress.com
Thank you Manojji !!!
khadkabinod — Wed, 07/22/2009 - 00:19Thank you Manojji !!!
Post new comment