Skip to content

अनौठा छन् मेरी कालीका बावु


प्रेमीकाको बावुको सम्मानमा
नामी मास्टर हुँ भन्छन्
डस्टरको हिज्जे नजानेर के भो र !
अँग्रेजी मास्टरको विल्ला भिरेकै छन् ।

गजवको धाक लगाउँछन् समाजमा
आफूलाई पहलमान नै सम्झन्
खसीका जत्रा तिघ्रा भएर के भो र !
आफूलाई हात्ती पछार्ने भीमसेन ठान्छन् ।

छोरी दिउँसो रत्यौलीमा मस्त
एनको लागि शहरिया भइन् काली
उनकी छोरी प्रेमकी खेलाडी
माया प्रेममा भयङ्कर जाली ।

ज्वाई उनले गनेका छैनन्
छुट दिएका छन् छोरीलाई रोज्न
शहरमा छोरी चर्चित भइन रे
थरीथरीका केटा भोग्न ।

कति केटालाई प्रेममा पटारिन छोरी
गाउँमा बावु गफमै व्यस्त
शहरमा छोरीको जीवनका बारेमा के थाहा
उनी रहन्छिन सधैं मस्त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *