Skip to content

रानी बनमा लुकी लुकी


बाचुन्जेल मेरो जीवन तिमीसंगै काट्न चाहन्छु
रानी बनमा लुकी लुकी दुई मुटु साटन चाहन्छु

तिम्रा हातहरूले यी नयन छोएको पल
मेरो मनको कुरा तिमिसामु छाँटन चाहन्छु

नछुटिने वाचा गर जुनी जुनी साथ देऊ
कांडे तारको तागारो म फाटन चाहान्छु

हुन्छ मात्र भन तिमी साथ दिन्छु जिवनभरि
तिमी र म मात्र खेलने पिंग बाटन चाहान्छु

मनोज काफले
कुवैत

5 thoughts on “रानी बनमा लुकी लुकी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *