Skip to content

अनेसास इजरायलद्वारा भानु जयन्तीको उपलक्ष्यमा साहित्यिक कार्यक्रम सम्पन्न


अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलद्वारा भानुभक्तको १९६ औं जन्म जयन्तीका अवसरमा इजरायलको तेल अभिभ शहरमा साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न गरिएको छ । उक्त कार्यक्रम अनेसास इजरायलका अध्यक्ष श्री सुनिल संगमको सभापतित्वमा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा नेपाली समाजका अध्यक्ष श्री नवीन बस्नेत, नेपाल कृषि कामदार मञ्चका अध्यक्ष श्री खोजराज कटुवाल तथा युनिटीलाइफ सिर्जनशील समुह इजरायलका अध्यक्ष श्री हरि प्रसाद मानन्धरको आतिथ्य रहेको थियो । उक्त कार्यक्रममा इजरायलमा काम गर्ने विभिन्न व्यक्तित्त्वहरूको सहभागिता रहेको थियो । नेपालको विभिन्न स्थानहरूबाट इजरायलमा आइ इजरायलका उत्तरदेखि दक्षिणी भागसम्म काम गरिरहेका विभिन्न साहित्य प्रेमी व्यक्तित्वहरूको सहभागिता रहेको थियो भने सँसारका विभिन्न देशहरूमा रहनुभएका साहित्य प्रेमीहरूले समेत आफ्ना कविताहरू वाचन गर्नका लागि पठाउनुभएको थियो ।

अनेसास इजरायलका अध्यक्ष श्री सुनिल संगमज्यू ले आफु नेपालमा हुँदा ४ वर्ष अगाडि आफ्ना आमा वितेको समयमा लेख्नुभएका गीत जस्लाई साथी स्वप्नील जीले हालै संगीत भरिदिनुभएको गीत बजाएर कार्यक्रमको दोश्रो अनौपचारिक कार्यक्रम कविता वाचन कार्यक्रम शुरू गर्नुभएको थियो । त्यस्तै अनेसास इजरायलका उपाध्यक्ष श्री नवराज आचार्य ज्यूबाट व्यंग्यात्मक हाइकु प्रस्तुत गरिएको थियो । त्यस्तै कविता वाचन गर्नेहरूमा मनोज गौतम, कृष्ण थापा, कला कोयु राई, हरि मानन्धर “विवश”, संगीता घिमिरे, टिका खरेल, सुमन कार्की, विष्णुप्रसाद भट्टराई, विष्णुप्रसाद तिमल्सिना, विजी श्रेष्ठ, लक्ष्मण खरेल, रहेका थिए भने ऋतु गिरी र अस्मिता त्रिपाठीका कविताहरू पनि वाचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *