Skip to content


कहिले रम्छु फाँटतिरै कहिले बेंसी झरी
तड्पिरहें गोधुलिमा सँधै बैंसभरि ।

लड्खडाए पाइलाहरू, बाटा आफ्ना खुल्ला थिए
सन्नाटा भो अनायसै डुब्यो घाम पनि
जीवन ढल्यो दोसाँधमा भयो यात्रा भूमरी
तड्पिरहें गोधुलिमा सँधै बैंसभरि ।

छट्पटिएर सन्तापसँगै, थिए केहि उन्मादहरू
साथ छुट्यो किनयसै, टुट्यो सबै सद्भावहरू
फुल्न खोज्ने यामहरूमा चल्यो आँधीबेरी
तड्पिरहें गोधुलिमा सँधै बैंसभरि ।

शब्दः–भरतबिशाल राई
संगीतः–गणेश गुरुङ्ग
स्वरः–राई नविन
एल्बमः–प्रस्ताब

2 thoughts on “कहिले रम्छु फाँटतिरै”

  1. SABDA ATI RAMRO LAGYO bharat
    SABDA ATI RAMRO LAGYO bharat ji ajah sunna paye kasto hunthyo holaa bhanne bhawana jagyo manma……………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *