• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई

kbs — Wed, 07/29/2009 - 15:43

  • भाषा/साहित्य समीक्षा
  • डा. जीवेन्द्रदेव गिरी
  • मधुपर्क २०६६ साउन

परिचय र सङ्कलन

नेपाली लोकसाहित्यको फाँटमा अनेक बान्कीहरू उपलब्ध छन् । यसको आदिरूप अभिलेख परम्परासँगै वा अझ अघिदेखि नै प्रचलित भएको मानिन्छ । (सुवेदी, २०६०ः१९) । यही परम्परामा 'उल्टी सवाई' पनि गाँसिन आइपुगेको छ । उल्टी सवाई हास्यव्यङ्ग्यले भरिएको लोककविता हो । यसका विभिन्न पाठहरू लोकजीवनमा प्रचलित छन् । रत्यौराका मन्त्रका रुपमा पानि यसका पाठहरू चर्चित छन् । यसको अभिव्यक्ति ज्यादै अनौठो किसिमको हुन्छ । सुर्खेत जिल्लाको सिम्ता दराबाट सङ्कलित यसका दुईवटा पाठहरू उपलब्ध छन् । पहिलो पाठ डाँडाखाली गाविस वडा नं. ९ माछालोटका ८७ वषर्ीय वृद्ध कर्णबहादुर बस्न्यातबाट प्राप्त भएको हो भने अर्को पाठ बजेडीचौर गाविस को आली निवासी वयोवृद्ध महावीर महताराबाट उपलब्ध भएको हो । दुवै पाठहरू उस्तैउस्तै प्रकारका भए तापनि तिनका विषयवस्तु भिन्नभिन्न छन् । तिनका पाठहरू उपर्युक्त दुई वरिष्ठ व्यक्तिहरूले सुनाएअनुसार टेप गरिएका थिए र प्रस्तुत पङ्क्तिका लेखकसँग ती सुरक्षित छन् । टेपबाट उतार गरिएका ती दुवै पाठ यसप्रकार छन्ः

पहिलो पाठ

दुई आरी तो चल्त्याचल्त्या एक आरी तो चल्र्तया नाइँ
जो आरी तो चल्त्या नाइँ हृवाइँमा पाक्या तीन चाँवल
दुई चाँवल तो पाकत्यापाक्त्या एक चाँवल तो पाक्त्या नाइँ
त्याइँमा बस्या तीन जुवान
दुई जुवान तो खाउत्याखाउत्या एक जुवान तो खाउत्यै नाइँ
जो जुवान तो खाउत्या नाइँ उइले ल्यायो तीन भैँसा
दुई भैँसा तो ब्याउँत्याब्याउँत्या एक भैँसो तो ब्याउँत्या नाइँ
जो भैँसो तो ब्याउँत्या नाइँ उइले पायो तीन राङादुई राङा
तो चल्त्याचल्त्या एक राङो तो चल्त्या नाइँ
जो राङो तो चल्त्या नाइँ उइ तो गयो तीन सिक्का
दुई सिक्का तो चल्त्याचल्त्या एक सिक्का तो चल्त्या नाइँ
जो सिक्का तो चल्त्या नाइँ हृवाइँमा बस्या तीन सुनार
दुई सुनार तो रानैराना एक सुनार तो आँखै नाइँ ।

दोस्रो पाठ

आज म क्यै भन्छु उल्टी सवाई यो सब कहिन्छु
एउटा गाउँमा उजरेगुजरे तीनजनाको भाग
दुई जनाको भाग पूरा खायो र एक जनाको भागमा हातै नाइँ
हातै नभया कमाराले पायो तीन हाँडी
दुई हाँडी त्यैन चाइन्या एउटा हाँडीमा पीठै नाइँ
पीठै नभया हाँडीमाथि पाक्यो तीन माना
तीन चाइन्या हाँडीमाथि आया तीन पाउना
तीन पाउना आया र
एउटा पाउनो रिसोचुसो एउटा पाउनो भातै खानैन
भातै नखान्या पाउनाति रन्छन् तीन दाम
दुई दाम थोर्तोमोर्तो एक दाम चल्दै नचल्न्या
चल्दै नचल्न्या दामले त ल्यायो तीन हल बल्ल
दुई हल बल्ल बुराखारा एक हल बल्ल थातबाट उठ्तै नउठ्न्या
थातबाट उठ्तै नउठ्न्या बल्लले लाया तीन सय बाली
दुई सय बाली उतैउतै रया एक सय बालीको गुदै नाइँ
गुदै नभया बाली मैले लायाँ टिनैटिन पोखरी
दुइटा पोखरी तिनीन चाइन्या एउटा पोखरीमा पानिइ नाइँ
पानी नभया पोखरीमा निक्ल्या तीन सर
दुई सर पट्याकपुटुक एक सर बुतै नाइँ
बुतै नभया सरलाई पानीको टिमिकटिमिक ।

भावार्थ

पहिलो पाठमा आरी वा चामल पकाउने भाँडोको कुराबाट विषयवस्तुको उठान भएको छ । त्यसमा दुईवटा आरी चल्तीमा आउने खालका र एउटा आरी चल्तीमा नआउने कुरा उल्लिखित छ । त्यही चल्तीमा नआउने आरीमा तीन चामल पकाइएको र तिनमा पनि दुइटा पाकेको र एउटा नपाकेको चर्चा छ । त्यसैमा तीन जवान खान जुटेका छन् । खान बसेकामध्ये दुईजना खवैया छन् भने एकजना नखाने खालको छ । जुन जवान नखाने खालको छ, उसैले तीनवटा भैँसी ल्यायो । भैँसीहरूमध्ये दुईवटा बिहाउने खालका छन् भने एउटा नबिहाउने किसिमको छ । नबिहाउने खालको भैँसीले नै तीनवटा राङाहरू जन्माएको छ । राङाहरूमा दुईवटा चल्ने वा हिँड्ने खालका छन् भने एउटा नचल्ने किसिमको छ । नचल्ने राङो नै तीन सिक्कामा गएको वा बिक्री भएको छ । तीन सिक्कामध्येका दुई सिक्का चल्ने खालका छन् र एउटा चाहिँ नचल्ने खालको छ । जुन नचल्ने सिक्का हो, त्यसैको सामान तयार गर्न तीन सुनार बसेका छन् । सुनारहरूमध्ये दुईजना राना वा आँखा देख्ने छन् भने एउटा चाहिँ आँखा नै देख्दैन ।

दोस्रो पाठमा उल्टी सवाई भन्न म पात्र अघि सरेको प्रसङ्गबाट कुराको प्रसङ्ग झिकिएको छ । एउटा गाउँमा उजरेगुजरे कुनै तीनजनाको भाग लागेको कुराको चर्चा छ । दुईजनाको भाग पूरा खाइए पनि एकजनाको भागमा हातै छैन । हातै नभएकोलाई कमाराको संज्ञा दिइएको छ र उसले तीन हाँडी खाएको छ । त्यसलाई दुई हाँडी चाहिनेमा एउटा हाँडीमा पीठै छैन । पीठो नै नभएको हाँडीमा तीन माना पाकेको छ । तीनवटा हाँडीमा तीनजना पाहुना पनि आइलागेका छन् । एउटा पाहुनो रिसाएको जस्तो छ भने एउटाले भातै खाँदैन । भात नखाने पाहुनासँग तीन दाम रहेछन् । दुई दाम थोत्राथोत्रा रहेछन् भने एक दाम चल्दैचल्दो रहेनछ । त्यही नचल्ने दामले उसले तीन हल गोरु ल्याएछ । दुई हल गोरु बूढाखाडा रहेछन् भने एक हल गोरु बसेका ठाउँबाट उठ्तै नउठ्ने रहेछन् । बसेका ठाउँबाट नउठ्ने गोरुले तीन सय बाली लगाए । दुई सय बाली उतैउतै रहे भने एक सय बालीको गुदी नै थिएन । गुदी नै नभएको बाली टिनमा हालेर म पात्रले पोखरीमा ल्यायो । दुइटा पोखरी तिनलाई चाहिनेमा एउटा पोखरीमा पानी नै थिएन । पानी नभएको पोखरीमा तीन सहरमाछा निस्के । दुई सहर पट्याकपुटुक भए भने एक सहरको बुतै थिएन । बुतै नभएको सहरलाई पानीको टिमिकटिमिक पर्‍यो ।

विशेषता

असम्भव, अमिल्दा र उट्पट्याङ कुरा झिकेर मनोरञ्जन प्रदान गर्ने काम उपर्युक्त पाठहरूमा भएको छ । उल्टा किसिमका कुराहरू गरिएकाले नै यसलाई उल्टी सवाई भनिएको अड्कल काट्न सकिन्छ । दुवै पाठका अभिव्यक्तिहरू आश्चर्यकारी छन् र तिनले दिमागमा मथिङ्गल मच्चाउने र मनलाई कुतकुत्याउने काम बेसरी गर्छन् । त्यसैले तिनबाट मनग्गे मनोरञ्जन प्राप्त हुन्छ । यी पाठहरूमध्ये पहिलो त रत्यौराको मन्त्रका रूपमासमेत सुनाइने हुनाले त्यसको बेग्लै उपयोग पनि समाजले गरेको पाइन्छ ।

काम नलाग्ने आरीमा चामल पाकेको, नबिहाउने भैँसीले राङा (पाडा) पाएको, नचल्ने राङो बिक्री भएर तीन सिक्का (त्यति बेलाको समाजमा महँगो मोल) पाएको र खोटा सिक्कामा तीन सुनारले कसरत गरेको प्रसङ्ग उदेक लाग्दा छन् । यसरी नै पीठै नभएको हाँडीमा तीन माना पाक्नु, नचल्ने दामले तीन हल गोरु किन्नु, बसेको ठाउँबाट उठ्नै नसक्ने गोरुले तीन सय बाली लगाउनु, पानी नभएका पोखरीमा सहर माछा निस्कनु आदि पनि आश्चर्यजनक छन् । केही कुराहरू भने कस्ताकस्ता लागे पनि यति अनौठो छैनन् । चामल पाक्नु, तीजना खान बस्नु, खान मन नगर्नेले पनि भैँसी किन्नु, कुनै भैँसी बिहाउनु र कुनै नबिहाउनु, कुनै सुनार राना र कुनै काना हुनुजस्ता कुरा सामान्य नै लाग्दछन् । यसरी नै कमाराले हाँडी पाउनु, पाहुना लाग्नु र कुनै पाहुना रिसाएका जस्ता कुनै खाना नखाने हुनु, कुनै दाम थोत्रामोत्रा र कुनै नचल्ने हुनु, गोरु बूढाखाडा र गले भेट्टनिु, गुदी नभएको बाली हुनु, गुदी नभएको बाली पोखरीमा हाल्नु, पानी नभएको पोखरीमा माछालाई टिक्न मुस्किल पर्नु पनि पत्याउन सकिने कुरा हुन् । यी अपत्यारिला-पत्यारिला कुराको संयोजन भने जसरी गरिएको छ त्यसले सिङ्गो पाठकलाई अद्भुत तुल्याइदएको छ । यही चमत्कारले उल्टी सवाईलाई शक्ति प्रदान गरेको छ र आजसम्म गलागला सर्दै जीवित रहन त्यो सक्षम भएको छ ।

नेपाली समाजका खेतीपाती, बन्दबेपार खानपान, पाहुनापाछा आदिसँग सम्बन्धित अनेक कुराहरू उल्टी सभामा प्रस्तुत छन् । त्यहाँ भैँसी, राङा, गोरु, सहरमाछाजस्ता पाल्तु जीवजन्तु एकातिर भेटिन्छन् भने अर्कातिर गोरुले खेती गरी बाली उत्पादन गर्ने कुरा पनि उल्लिखित छ । भैँसीपालन, माछापालन, भैँसी गोरुको किनबेच, सिक्काको प्रचलन र त्यससँग गाँसिएको सुनारको पेसा, चामल-पीठोको खाना र ती पाक्ने आरी हाँडी आदि भाँडाकुँडा, पाहुना लाग्ने चलन र तिनका आनीबानीजस्ता कुराको बयान पनि तिनमा भेटिन्छ । त्यसैले नेपाली जनजीवनका विभिन्न पक्षहरू उल्टी सवाईमा अन्तर्निहित छन् ।

मानवीय कमी-कमजोरी पनि उल्टी सवाईका पङ्क्तिहरूमा विद्यमान छन् । हात नभएका कमारा र आँखा नभएका सुनारको अपाङ्गता तथा तिनका कामधन्दाबारे यहाँ उल्लिखित छ । कमारा माग्दै हाँडीमा गुजारा गरिरहेका र पीठोविनाको हाँडी चलाइरहेका भेटिन्छन् भने आँखा नभएका सुनार खोटो सिक्काबाट सामग्री बनाउन बसेका पाइन्छन् । यसरी नै चोसो पसारिरहेका र भातै नखाइदिने पाहुना पनि त्यहाँ उपस्थित रहेका छन् । मानवेतर बूढाखाडा र गले गोरु एवं नहिँड्ने राङाबाट बालीनाली लगाउन विवश मान्छेहरू पनि त्यहाँ देखिन्छन् ।

हाँस्यको पुट पाएर पनि उल्टी सवाईको सामग्री रसिलो बनेको छ । अस्वाभाविक र असङ्गतियुक्त भनाइहरू अत्यन्त हाँस्यकारी छन् । नबिहाउने भैँसीले तीनवटा राङा पायो, नहिँड्ने राङोले तीन सिक्का मोल पायो, आफ्ना ठाउँबाट नउठ्ने गोरुले तीन सय बाली लायो आदिजस्ता भनाइ हाँसो उठाउनेखालका छन् । वास्तवमा उल्टी सवाईका पङ्क्तिपङ्क्तिमा हाँसो गाँसिएको छ । यसमा प्रयोग भएका शब्दहरू पनि हाँसो जगाउन नै चयन गरिएका छन् । चल्त्याचल्त्या, ब्याउँत्या नाइँ, आँखै नाइँ, हातै नाइँ, उजरेगुजरे, थोर्तोमोर्तो, टिमिकटिमिक, पट्याकपुटुक आदि यस्तै खालका शब्दहरू हुन् ।

स्थानीय भाषिका प्रवाह एवं लयात्मकताले पनि उल्टी सवाईलाई विशिष्टता प्रदान गरेको पाइन्छ । भेरी क्षेत्रीय नेपालीका हृवाइँ, त्याइँ, चाँवल, चल्त्या, बुराखारा, थात, पाउनाति, तिनीन, रिसोचुसो आदि शब्दहरूमा त्यस भाषिकाका निजी विशेषता झल्किन्छन् । स्वरव्यञ्जनहरूको आवृत्तिले सिर्जना गरेको समानान्तरतामा लयको प्रवाह विद्यमान छ । सबै पङ्क्तिमा नभए पनि आंशिकरूपमा उपस्थित अन्त्यानुप्रासले अभिव्यक्तिलाई छरितो र लयदार तुल्याउन विशेष मद्दत पुर्‍याएको छ । पहिलो पाठका पङ्क्तिहरूका अन्त्यमा आएको 'नाइँ' को बारमबारको आवृत्ति, अनि चाँवल-जुवान-सुनार, भैँसी-राङा-सिक्काका प्रयोग लयका निम्ति ध्यान दिन लायक छन् । यसरी नै दोस्रो पाठका पङ्क्तिहरूका अन्त्यमा पाइने 'नाइँ', माना-पाउना, बल्ल दाम-सर-टिमिकटिमिक बाली-पोखरी पनि लय उत्पादनमा सहायक रहेका छन् । अगिल्लो पङ्क्तिको अन्त्यको पदावली पछिल्लो पङ्क्तिको सुरुमा दोहोरिँदा अनि पट्याकपुटुक, टिमिकटिमिकजस्ता अनुकरणात्मक शब्दहरू प्रयोग हुँदा पनि भाषाले प्रवाह मिठास भेटेको छ ।

निष्कर्ष

उल्टी सवाईको प्राप्तिले सवाई साहित्यमा नयाँ आयाम थपिएको छ । सवाईको संरचनाभन्दा केही भिन्न संरचनामा देखापरेका यस लोकपद्यले नेपाली लोकपद्यको फाँटलाई चख्ल्याउन पनि योगदान गरेको छ । अद्भुत र हाँस्यको सम्मिश्रणद्वारा समाजलाई आनन्द प्रदान गर्ने यस लोकपद्यका अन्य भेदहरू पनि हुन सक्छन् । तिनको खोजी आवश्यक छ । वास्तवमा लोकगीतको प्रयोग नै आनन्दको अनुभव गर्नु र गराउनुसँग गाँसिएको छ । (बन्धु, २०५७, पृ. ११९) । भेरीक्षेत्रमा प्रचलित घाउटाहरूमा पनि यस्तो अभिव्यक्ति पाइन्छ । गिरी (२०५७ः ७५-७९) र घाउटासँग उल्टी सवाई तुलनीय छ तापनि यसको संरचना भने घाउटाको भन्दा फरक छ । वास्तवमा उल्टी सवाई आफ्नो बेग्लै विशिष्ट पहिचानका साथ नेपाली लोकसाहित्यमा अस्तित्ववान् छ र यसको प्राप्तिले लोकसाहित्यिक अध्ययनको एक नवीन ढोका उघारिदिएको छ ।

सन्दर्भ-कृतिसूची

गिरी, जीवेन्द्रदेव, २०५७, लोकसाहित्यको अवलोकन, काठमाडौँः एकता प्रकाशन ।

पराजुली, कृष्णप्रसाद, २०५७, नेपाली लोकगीतको आलोक, काठमाडौँः वीणा प्रकाशन ।

बन्धु, चूडामणि, २०५८, नेपाली लोकसाहित्य, काठमाडौँः एकता बुक्स ।

सुवेदी हंसपुरे, २०६०, नेपाली लोकपद्यः परिचय-विवेचना काठमाडौँः नेपाल प्रज्ञाप्रतिष्ठान ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 158
  • 1971 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • एकदम सान्दर्भिक
    1 hour 40 min ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    4 hours 23 min ago
  • भुगोल ले नछेकेको माया
    5 days 51 min ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    5 days 2 hours ago
  • सधा झै उत्कृष्ट रचना
    5 days 19 hours ago
  • Correction
    1 week 5 days ago
  • स्तब्ध बनाउने हरफ हरु
    1 week 5 days ago
  • धन्यवाद सर, केही समयमा पुन
    1 week 6 days ago
  • कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
    2 weeks 1 day ago
  • DHANYABAD SABAILAI
    2 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • ख्याक
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • तिम्रो सम्झना
  • तिम्रो यादमा कविता
  • यो मन त मेरो नेपाली हो
  • भ्रम (सूत्रकथा)
  • पार लगाऊ
  • तीन मुक्तक (जोखिदिन्थे, मन छुने, जलाई दिनु)
  • कस्तो माया हजुर?
  • अरिष्ट र गरिष्ट हुँदै वरिष्ठ भएँ
  • अन्तिम घडी आयो भने
  • शहीदहरुको सम्झनामा
  • 'म गोपाल अर्थात गोपालहरू'भित्र पस्दा
  • नेपाली बहरे गजलमा आजसम्मकै सबैभन्दा लामो गजल
  • बसेको छु तिमीलाई पर्खी
  • यस्ता थिए महाकवि
  • टोपी
  • चुरोट
  • आत्मानुभूति
  • गजल (आँखा ओभाएन)
  • संविधानमा साहित्य
  • कस्तो फोहर यो काठमाडौँ
  • उकाली ओराली गर्दै
  • तीन मुक्तक (देश भक्ति)
  • किराँत धर्ममा महिलाको स्थान
  • मेरो अर्घाखाँची
  • नसालु नयन देखाएर गईमेरो धड्कन बडाएर गई
  • भोक
  • खडेरी
  • टुट्ने झिनो आशा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित