बनी प्रेमको प्याला मेरो जीवनमा आयौ मायालु
बोकाई प्यास प्रतीक्षाको मायाप्रीति लायौ मायालु ।
भुलुँ कसरी म लौ भुल्नै नसकिने ती क्षणहरू
वाचाको अर्थै थाहा नभई कसम खायौ मायालु ।
नयनका तीरले दिएका यौवनका निम्तोहरू
आफैंले नबुझी लौ एकान्तमा किन धायौ मायालु ।
कच्चा प्रेमको छडी हानी घायल बनाई गएपछि
पीडा थपी सम्झनामा फेरि किन छायौ मायालु ।
लाग्थ्यो मायाको बर्षा भयो रहरका लहर चल्यो
केवल सबै मिथ्या थिए छायाँ बनी गयौ मायालु ।
३० अप्रिल २००९
http://www.khasskhass.com/home.htm
