Skip to content


यो लेख्ने बानी
साह्रै राम्रो नानी
राम्रो लेख्न सकेमा
सबैले पढ्छन् छानी ।
आजका तिमी साना नानी
बढाउँदै जानुपर्छ लेख्ने बानी
यही असल बानीले तिमीलाई
बनाउन सक्छ धेरै ज्ञानी ।
कविता लेखे कवि बन्छौ
कथा लेखे कथाकार
जुन विधा लेखे पनि
बन्नैपर्छ होनहार ।
सुन्दैमा लेख्न सकिन्न
बोलेर त हुँदै हुन्न
लेखन सीप बढाउन त नानी
बसाउनै पर्छ लेख्ने बानी ।

1 thought on “लेख्ने बानी”

  1. हाई मीना जी तपैको कबिता मलाई
    हाई मीना जी तपैको कबिता मलाई धेरै मन परो
    तपलाई मेरो तर्फ बाथ सुवकामाना

    योगेन्द्र गिरी
    धुपू १ लेब्रंग
    पागल पस्ती
    संखुवासभा
    email – [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *