• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

शब्द

kbs — Mon, 08/04/2008 - 16:41

  • सामाजिक कथा
  • ध्रुब सापकोटा
  • नेपाल साप्ताहिक

छोरा बोलेन । आँगनमा बोलेन । ओछ्यानमा बोलेन । भान्छामा बोलेन । फूल देखाउँछु । बोल्दैन । बिरालो देखाउँछु । बोल्दैन । जोगी देखाउँछु । बोल्दैन । मान्छे देखाउँछु । बोल्दैन । देउता देखाउँछु । बोल्दैन । उज्यालो देखाउँछु । बोल्दैन । अँध्यारो देखाउँछु । बोल्दैन । दूध देखाउँछु । बोल्दैन । भात देखाउँछु । बोल्दैन । सर्प देखाउँछु । बोल्दैन । उसको लाटोपनले म दिक्क भएको छु । उसको क्षय भएको बालशक्तिले गर्दा मेरी श्रीमती दिक्क भएकी छे ।

"यसको ओखती म गर्छु," श्रीमती भन्छे ।

बिहानै श्रीमती छोरालाई आँगनमा ल्याउँछे । त्यो राम्ररी ब्युँझिसकेको पनि छैन । त्यसलाई नाङ्गो पार्छे । आँगनमा तुषारो परेको छ । छोरालाई डोकाले छोप्छे । छोरो खोरमा परेको म अनुभव गर्छु । छोरा नउम्कोस् भनेर त्यसले डोको थिच्न मलाई लगाएकी छे । श्रीमती घरको एक तल्ला माथि गएकी छे । त्यो पालीमा आउँछे । त्यसको हातमा भरिएको गाग्री छ । त्यस गाग्रीको पानी माथिबाट डोकोमा खन्याउँछे । एक गाग्री पानी खन्याउँछे । लगातार सात गाग्री पानी खन्याउँछे । पानीको सङ्कटमा त्यसले चर्को ओखती गरी । छोरा रुन्छ ।

यो त वर्षौंअघिको कुरा थियो । अहिले त छोरा स्कुल जान थालिसकेको छ । त्यसको डर भागिसकेको छ । त्यसको वाक्य फुटेको छ । म त्यसको सहयोगी बनेको छु । म छोरालाई बजार लाने तयारीमा छु । त्यसका लागि पुस्तक, कापी र कलम किन्नु छ । मसँग बजार जान छोरो उत्साहित छ । मभन्दा बढी नै ऊ तयार भैसकेको छ । उसको जीवनको पहिलो लामो यात्रा थियो यो ।

- "तँलाई फेरि डोकोमा राखेर पानी खन्याउनु त

पर्दैन ?" म भन्छु । छोराले त्यो घटना बिर्सेको रहेनछ । हाँस्यो ।

- "पर्दैन," उसले भन्यो ।

- "बाटोमा दुःख दिइस् भने तँलाई म छोडेर आउँछु," म भन्छु ।

- "दिन्न," ऊ भन्छ ।

छोरा मसँगै हिँडेको छ । मान्छेको घुइँचो छैन । त्यसको हात समात्नुपरेको छैन । मलाई चियाको तलतल लाग्छ । एउटा होटेलमा पस्छु । चिया मगाउँछु । हामीहरू चिया खान्छौँ । थकाइ मेट्न आराम गछौर्ं । एकनास शङ्ख बजेको आवाजले होटेलमा बसेका सबै मान्छे बाहिरिन्छन्, हामी पनि बाहिरिन्छौँ । यो लास आउँदै गरेको सङ्केत थियो । छोराले लास देखेको छ । यसलाई लास भन्ने कि, शव भन्ने कि, मूर्दा ? कात्रोमा बेरिएको त्यस लासलाई दुईतिरबाट मान्छेले बोकेका थिए । तिनीहरूका पछि थुप्रै मान्छे थिए । म शब्द चयनमा नै व्यस्त थिएँ ।

छोराले जीवन मात्र देखेको भन्न मिल्दैन । जीवनको अनुभवको प्रथम खुड्किलोमा टेकेको । जीवनसँग परिचय गराउन म उसलाई लिएर हिँडेको थिएँ । उसको लाससँग साक्षात्कार भयो । जीवनको अन्तिम गति पहिले नै देखा पर्‍यो ।

तिनीहरूलाई हामीले बाटो छाड्यौँ । हामीहरू त्यही बाटो हिँडिरहेका थियौँ । विकल्प थिएन । हामीहरू हिँडेको त्यो बाटो खोलाको किनारामा थियो । हामीमाथि पहाड छ । सात दिनसम्म लगातार हिउँ परेको थियो । पहाड हिउँले पुरिएको छ । त्यहाँ रूखहरू थिए । पोथ्रापोथ्री थिए । ती पनि पूरै हिउँले ढाकिएका छन् । तिनीहरूको अस्तित्व आज केही देखिँदैन । आज जताततै हिउँकै अस्तित्व छ । घामको रापले हिउँलाई पानीमा कायाकल्प गर्नेछ । पोथ्रापोथ्री आफ्नो अस्तित्वमा आउनेछन् । तिनीहरूले बिर्साउनेछन् । यहाँ कुनै समय हिउँको एकछत्र राज थियो । मैले छोरालाई सम्झाएँ ।

छोरा रोएन । लास देखेर विचलित भएन ।

- "साइत पर्छ," मैले भनेँ ।

- "किन ? कसरी ?" छोराले सोध्यो ।

- "लास देख्दा साइत पर्छ," मैले सम्झाएँ ।

- "साइत भनेको के हो ?" छोराले सोध्यो ।

- "आज तँलाई चाहिएका सबै पुस्तक पसलमा पाइन्छन्," मैले भनेँ । छोरो रमायो । हामीहरूको त्यही लाससँग फेरि जम्काभेट भयो । तिनीहरूले लासलाई बिसाएका थिए । तिनीहरू खाइरहेका थिए । तिनीहरू पिइरहेका थिए ।

- "धेरै नजिक नजा," मैले भनँे ।

- "किन ?" छोराले भन्यो ।

- "हामी मलामी होइनौँ," मैले भनँे । छोरालाई यसको मतलब थिएन । ऊ लासलाई नजिकबाट अनुभव गर्न चाहन्थ्यो । त्यहाँ लास हुनुअघि त्यसले दिएका कष्टका बारेमा कुरा चलिरहेको थियो । लासलाई पछि पारेर जाने सोच मेरो थियो । तिनीहरू खानपिनमा व्यस्त थिए । छोराले मानेन । बालहठका सामुन्नेमा म झुकँे । तिनीहरू उठ्ने सङ्केत दिइरहेका छैनन् । हामीसँग लास छ र यसको पनि व्यवस्था गर्नु छ भन्ने कुरा तिनीहरूले बिर्सेका देखिन्छन् । तिनीहरू त खानपिनमा नै मस्त छन् ।

- "यो लास बोल्न सक्ने भए के हुन्थ्यो ?" एउटाले ठट्टा गरेको सुनियो ।

- "यसले हामीसँग खाना माग्थ्यो," अर्को भनिरहेको थियो ।

- "होइन । मलाई बिसाएर तिमीहरूले खानपिन गर्न मिल्दैन । त्यसो भन्थ्यो," अर्कोले भन्यो । मर्यादा नाघेकोमा सचेत गराउँथ्यो भन्ने कुरा पनि भन्न त्यसले बिर्सेन ।

- "मलाई नबोकेको भए हुन्थ्यो । बोकेपछि त्यसको मर्यादा हुन्छ । तिमीहरूले त्यो सीमा-रेखा नाघ्यौ । त्यसले भन्थ्यो," अर्कोले भन्यो ।

- "हामीले खाएकोमा त्यसले त्यतिको ईष्र्या गथ्र्यो होला त ?" अर्कोले भन्यो ।

- "हामीलाई पनि देऊ न," मेरो छोराले बीचमा भन्यो । तिनीहरूले उसको बेवास्ता गरे ।

- "हामीलाई पनि देऊ न," छोरा फेरि करायो । तिनीहरू सुनेर पनि नसुनेझैँ गरिरहेका थिए । तिनीहरू खाइरहेका थिए । तिनीहरू पिइरहेका थिए । मेरो छोरा तिनीहरूसँग कराई-कराई खानेकुरा मागिरहेको थियो । तिनीहरू बहिरा थिएनन् । तिनीहरूले पाँच गाँस खाँदा मेरो छोरालाई एक गाँस दिँदा के बिग्रन्थ्यो ! मेरो छोराले माग्न छोडेको थिएन । मलाई खुसी लाग्यो । आफ्ना कुरा भन्नसक्ने आँट उसमा आइसकेको थियो ।

- "हामीलाई पनि दिनोस् न," उसको विनम्रताले पनि माग पूरा भएन । खस्रोपनले पनि माग पूरा भएन ।

- "हामीलाई पनि दिनोस् न," छोरा कराउन छोडेन ।

- "यो त मलामीले मात्र खाने हो बाबु !" एउटाले भन्यो ।

- "अरूले खान पाइँदैन ?" मेरो छोराको निर्दोष प्रश्न थियो ।

- "अहँ । पाइँदैन," त्यसले भन्यो ।

- "के यो नियम नै हो ?" मेरो छोराको निर्दोष प्रश्न थियो ।

- "नियम नै हो बाबु !" त्यसले भन्यो ।

- "मूर्दा बिसाएर खाने नियम छ त ?" मेरो छोराले सोध्यो । यो प्रश्न मलाई थियो ।

- "छैन," मैले भनेँ ।

- "तिनीहरू प्रभावित भएनन् । हामीहरू त्यहाँबाट हिँड्याँै । एउटा ढिस्को थियो । हामीहरू उकालो लाग्यौँ ।"

- "कस्ता पापी रहेछन् अलिकति पनि दिएनन्," मेरा छोराले भन्यो ।

- "तिनीहरू धेरै भोकाएका होलान्," मैले भनेँ ।

- "मानवता नभएकाहरू," मेरो छोराले भन्यो ।

- "यो शब्द तैँले कहाँबाट सिकिस् ?" मैले छोरालाई सोधँे ।

- "त्यसै," उसले भन्यो । शब्दहरू त्यसै सिकेकोमा म छक्क परेको छु ।

छोरा थाकेको मात्र होइन, भोकाएको पनि थियो । मैले मकै-भटमास किनेर ल्याएँ । बाबुछोरा मकै-भटमास खान थाल्यौँ । हामीहरू मसलाको रूखमुनि बसेका थियौँ । ती रूखहरूबाट हावाले वासना उडाएर ल्याएको थियो । वातावरण सुगन्धित थियो ।

- "मसलाको बोटसँग बास्ना माग्नु पर्दैन । आफँै दिन्छ," मैले भनेँ ।

- "ती मलामीहरू रूखहरू जतिका पनि भएनन्," छोराले भन्यो ।

एउटा मान्छे छाता बोकेर आइरहेको थियो । मसलाको सुगन्धले उसलाई पनि रोक्यो । ऊ बस्यो ।

- "छाता किन बोकेको ?" मैले उसलाई सोधेँ ।

- "किन र ?" ऊ फिस्स हाँस्यो ।

- "पानी हिजो परेको थियो । तपाईं आज छाता ओढेर हिँडिरहनुभएको छ !"

- "हिजो सोचेर आज हिँडेँ," त्यसले भन्यो ।

- "तपाईंबाट अरूहरूले प्रेरणा लिएमा के होला ?" मैले सोधँे ।

- "आजहरू हिजो हुन्छन्," उसले भन्यो ।

- "यो पनि रमाइलो नै हो, अरूहरू आजमा बाँच्दा हामीहरू हिजोमा बाँच्नेछौँ," मैले भनँे ।

- "तपाईंहरू जाने हो ?" त्यसले हामीलाई भन्यो ।

- "हामीहरू पर्खन्छौँ," मैले भनँे ।

- "कसलाई ?" त्यसले सोध्यो ।

- "लासलाई," मैले भनँे । ऊ हाँस्यो ।

- "म त पर्खन्न," त्यसले भन्यो ।

- "तपाईंलाई देख्नेहरू हाँस्नेछन्," मैले भनँे ।

- "मलाई देख्नेहरू हिजो पनि हाँसेका थिए," त्यसले भन्यो ।

- "हिजो किन हाँसेका ?" मैले भनँे ।

- "हिजो पानी परिरहेको थियो । अरू छातामा थिए । म भिज्दै हिँडेको थिएँ । त्यतिखेर पनि मलाई देख्नेहरू हाँसिरहेका थिए," त्यसले भन्यो ।

ऊ हिँड्यो । पानी नपरेका बेलामा छाता बोकेर हिँड्ने मान्छेले लास पर्खेन । मसलाको सुगन्ध आइरहेको थियो । त्यस ढिस्कोको फेदमा तीन जना देखापरे र तिनीहरू उभिएर गलफत्ती गरिरहेका थिए ।

- "ढिस्कोबाट जाऊँ," एउटाले प्रस्ताव राख्यो ।

- "त्यताबाट नजाऊँ," अर्काले भन्यो ।

- "किन नजाने ?" पहिलोले सोध्यो ।

- "उकालो चढेर किन जाने ? समथर जाऊँ," त्यसले भन्यो ।

- "उकालो चढेर जाँदा मज्जा हुन्छ । जङ्गल छ । मसलाको सुगन्ध पाइन्छ," पहिलोले भन्यो ।

- "तपाईंहरू जाने भए जानोस्, मचाहिँ त्यताबाट जान्न," अर्कोले भन्यो ।

- "त्यताबाट जाँदा नोक्सान नै हुन्छ भने हामीहरू पनि जाँदैनौँ । होइन भने सँगै यात्रा गरिएको छ, छुट्टाछुट्टै यात्रा किन गर्ने ?" पहिलोले भन्यो ।

- "त्यस ढिस्कोबाट त म जान्न," त्यसले भन्यो ।

- "कारण त बताउनुहोस्," अर्कोले भन्यो ।

"त्यस ढिस्कोबाट मैले नराम्रा कुरा मात्र सिकेको छु । केटाकेटीमा हामीहरू त्यहाँ खुब जान्थ्याँै । अहिलेको भन्दा पनि बाक्लो जङ्गल थियो । अहिलेका भन्दा पनि बढी मसलाका रूखहरू थिए । त्यहीँ साथीहरूको सङ्गतमा लागेर तास खेल्न सिकियो । त्यहीँ साथीहरूको सङ्गतमा लागेर चुरोट खान सिकियो । त्यहीँ साथीहरूको सङ्गतमा लागेर नराम्रा गफ गर्न सिकियो । त्यस ढिस्कोमा नजाने गरेको भए आज मसँग राम्रा गुणहरू मात्र हुन्थे । नराम्रा गुणहरू हुँदैनथे । त्यस ठाउँमा लागेको आदत मैले आजसम्म छुटाउन सकेको छैन । त्यस ठाउँबाट मैले नराम्रा कुरा मात्र सिकेँ, असल कुरा सिकिनँ," त्यसले भन्यो ।

- "यो त ढिस्कोको दोष होइन, सुगन्ध दिने मसलाको बोटको दोष होइन, साथीहरूको सङ्गतको दोष हो," अर्कोले भन्यो ।

"दोष जसको होस्, मलाई त्यो ढिस्को देखेपछि रिस उठ्छ," उसले भन्यो ।

तिनीहरू गलफत्ती गरिरहेका थिए । लास आइपुग्यो । पहिले शङ्ख फुक्ने मान्छे आयो । ढिस्कोबाट तिनीहरूले लास ल्याउन खोजे । तिनीहरूले यो बाटो नै रोजे । हामीहरू हेरिरहेका थियौँ । उक्लने बेलामा लास कात्रोबाट फुत्त बाहिर निस्कियो । त्यसले कात्रो च्यात्यो । त्यसले बोक्नेहरूलाई प्रहार गर्‍यो । ती ढले । मलामीहरूलाई प्रहार गर्‍यो । केही ढले, केही भागे । लास भनिरहेको थियो, "कोही छ मलाई कात्रोमा बेर्ने आँट भएको मान्छे ?"

मैले छोरालाई भनँे, "अब हिँड् यहाँ बस्नु ठीक छैन ।" छोरा बोलेन । डोकाले छोपेर फेरि पानी खन्याउने उमेर यसले पार गरिसकेको थियो । अब यसको ओखती के होला ? छोरा रोइरहेको छ । नबोली । आँसु खसालेको छ । बोल्दैन । म त्यसलाई हल्लाउँछु । बोल्दैन । पटक्कै बोल्दैन ।

नेपाल साप्ताहिक
अंक १३३

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 324
  • 2678 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार
    6 hours 29 min ago
  • बहुत खुब कहिल्छि ।
    3 days 5 hours ago
  • आभार प्रकट गरे
    5 days 4 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 days 6 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 days 24 min ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    6 days 2 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    6 days 2 hours ago
  • एकदम सान्दर्भिक
    6 days 7 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    6 days 10 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 4 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • साउने हात मेहेन्दी ले सजाउदै होलि
  • कामना
  • गजल
  • प्रेम
  • यसपालीको दशैं टिको लाउन पाइन
  • समय
  • प्रलय
  • जीवन यात्रा
  • तिमी खुकुरी मेरो जीवन हेर अचानो
  • अपाङ्ग प्रधानाध्यापक
  • देश थुनथान भएछ
  • जलेको क्यानभास
  • पर्ख समयले दिएको चोट्
  • कठै !!!
  • गजल
  • परीक्षा केन्द्र : माने एक्जाम् हल
  • यो संसार - प्यार गर्छ
  • अब फेरि भर्नाको लफडो आयो
  • पहाडले मलाई बोलाउँछन्
  • बुवा
  • चोट पीडा जति दिए पनि
  • हातहरू दिन्छन् साथ
  • भुल्न खोज्दा मिलनका साथहरू
  • मान्छे हुन जानिएन
  • उत्कृष्ट पाँच मुक्तकहरु :
  • खहरेको भेल-रहेछ
  • कस्तो माया लाएछु मैले
  • शुरुशुरुमा
  • यो देशमा संविधान बन्ला? प्रश्न उठेको छ
  • देश–सीमा र लोकतन्त्र
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित