Skip to content

अघाएर हुँदैन, तिमी र म

अघाएर हुँदैन, तिमी र म हामी अघाउँनु पर्छ
रमाएर हुँदैन, तिमी र म सिंगो, देशबासी रमाउँनु पर्छ

भोको पेट मिची-मिची आँखाका आँसु झाँरी-झाँरी
त्यो हाम्रो झुँप्रो रुदै छ,शान्ति माग्दै हात पसारी

दिनानुदिन रोग र सोगमा नेपाली मन डुब्दो छ,
हिम्मत र आँट बाटो बिराई, फितलो बनी बग्दो छ,

आऊ अब मिलीजुली देशको उन्नत भविष्य खोजौ
सबैको हाँसो फर्केर आउने, शान्तिको उत्तम बाटो रोजौ

शहिदको सपना साकार बनाउँन हामी एक भै’जुटौ
बारुद खेलाई अहङ्कार रचेर एककापसमा अब नफुँटौ

थोरै मेरा बिचार थोरै तिम्रा बिचार आउँ हामी मिसाऔ
हामी मीले देश हाँस्छ,आऊ हामी-मीली देशलाई हँसाऔ

गीता थापा (दोषी)
ईजरायल

1 thought on “अघाएर हुँदैन, तिमी र म”

  1. “थोरै मेरा बिचार थोरै तिम्रा
    “थोरै मेरा बिचार थोरै तिम्रा बिचार आउँ हामी मिसाऔ
    हामी मीले देश हाँस्छ,आऊ हामी-मीली देशलाई हँसाऔ”

    गीता जी यो माथि को दुइ हरफ आज देश को आवस्यकता हो अझ यो विचार संबिधानसभा मा अति आवस्यकछ आ-आफ्नो अडानमा बसेका राजनैतिक पार्टी हरुले यो कविता बाट पाठ सिके साच्चै गीता जी ले भने जस्तै देश हास्ने छ .

    विमल गौतम
    साउदी अरेवीया

Leave a Reply

Your email address will not be published. Required fields are marked *