Skip to content

कोखिल्लामा गाग्री बोकी

कोखिल्लामा गाग्री बोकी झर्छिन् उनी पँधेरीमा
ढिलो आई छिटो पानी भर्छिन् उनी पँधेरीमा ।

मूल सुक्यो धारो सानो लाम बस्नु पर्छ भन्दा,
धकेलेर ठाउँहरु सर्छिन् उनी पँधेरीमा ।

उनी आए पछी सधैं खैलाबैला मच्चिहाल्छ,
प्राय जसो झगडामा पर्छिन् उनी पँधेरीमा ।

म सँग’नी बोली छैनन् अस्ति कल गरे देखी,
मैले हेर्नै हुन्न आँखा तर्छिन् उनी पँधेरीमा ।

जति कल गरे पनि मन्मा माया रैछ कि त,
नत्र किन ? मेरै कुरा गर्छिन् उनी पँधेरीमा ।

6 thoughts on “कोखिल्लामा गाग्री बोकी”

  1. नेपोलियन जि,
    बास्तबमै राम्रो

    नेपोलियन जि,

    बास्तबमै राम्रो छ यँहाको गजल, निरन्तरता को लागि शुभकामना!

    निर्मला थापा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *