Skip to content

आघौं परौं हैन यसै पाली


आघौं परौं हैन यसै पाली हुन पाए हुन्थ्यो,
हजुरको बगैंचामा माली हुन पाए हुन्थ्यो ।

सार्थक हुन्थ्यो मेरो जन्म मात्र एक स्पर्शले,
जुन् फुल् टिप्नुहुन्छ त्यही डाली हुन पाए हुन्थ्यो ।

फूल् र रंग संगै देख्दा साह्रै लोभ् लाग्छ मलाई,
पूजा गर्ने हजुरको थाली हुन पाए हुन्थ्यो ।

छाती थाप्न सकुँ मैले हरेक पाइलै पिच्छे,
जता टेक्नु हुन्छ त्यतै आली हुन पाए हुन्थ्यो ।

आफ्नो जीवन् आयु चढाई हजुरको चरणमा,
अन्तिम् इच्छा पुरा गरी खाली हुन पाए हुन्थ्यो ।

2 thoughts on “आघौं परौं हैन यसै पाली”

  1. नेपोलियन जि !
    धेरै राम्रो

    नेपोलियन जि !

    धेरै राम्रो गजल लेख्नु भयो । निरन्तरता दिनु होला ।

    Chandrayatri

  2. nice gajal नेपोलियन जि
    nice gajal नेपोलियन जि …keep it up
    N best of luck for ur next gajal…
    I would like to read heartfelt gajal next time more than this…

Leave a Reply

Your email address will not be published. Required fields are marked *