Skip to content

बेमत्लबी हल्लाहरु

बेमत्लबी हल्लाहरु सुन्दै हिड्छौ तिमी किन ?
छोड्पत्र नभै अर्को चुन्दै हिड्छौ तिमी किन ?

खेल हैन प्रेम हजुर् जित हुन्छ सत्यको नै,
आँफै च्याती मनलाई तुन्दै हिड्छौ तिमी किन ?

माया लिन सयौं हैन हजार् सँग लड्नु पर्छ,
डराएर तगारो नै थुन्दै हिड्छौ तिमी किन ?

जित हारको कुरै हुन्न खेल् सुरु नभैकन,
नहार्दैमा स्वप्निल् याद बुन्दै हिड्छौ तिमी किन ?

पहिले फूल् चुँडाउछौ कामनाको मालाबाट,
पछी फेरी त्यही माला उन्दै हिड्छौ तिमी किन ?

4 thoughts on “बेमत्लबी हल्लाहरु”

  1. वहा वहा !!! नेपोलियन जि, क्या
    वहा वहा !!! नेपोलियन जि, क्या प्रतिकृया गजल छ निर्मला जि लाई । यसरी साच्चैं नै झगडा त गर्नु भएन है । मिले पो राम्रो हुन्छ त । हा हा हा हा हा

    Subarna

  2. ओहो! वास्तबमा छोड्-पत्र नै
    ओहो! वास्तबमा छोड्-पत्र नै नगरीकन नजायज हल्ला किन सुन्नु है? एनी वे, गजल राम्रो लाग्यो। थेङ्क्स।

  3. नेपोलियन जि,
    प्रतिउत्तर

    नेपोलियन जि,
    प्रतिउत्तर लेख्नु भएको रहेछ, यध्यपी गजल उत्कृष्ट लाग्यो ।

    निर्मला थापा,

  4. नेपोलियन जि गजलमा दोहरी मलाई
    नेपोलियन जि गजलमा दोहरी मलाई सार्ह्रै नै राम्रो लाग्छ गजलमा हुने दोहोरिले एकोहोरो लान्छनाहरुलाई पन्छ्याउन सहयोग गर्दछ यस्ता गजलका दोहोरिहरु चलिरहुन मेरो शुभकामना निर्मलाजी र नेपोलियन जि दुबै लाई यसरी नै गजल दोहोरी चलिरहोस्, साथीहरुले यस्ता गजललाई प्रतिकृया गजल भन्नुहुन्छ तर म गजलको दोहोरी भन्न रुचाउछु…..यो दोहोरी चलिरहोस………..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *