Skip to content

यही देश मेरो


म जन्मेँ यहीँ नै फुल्यो केश मेरो
छ माटो पियारो यही देश मेरो ।

सिलाई लवेदा पुरानो छटाको
लगाएर आएँ यही भेष मेरो ।

छ नेपाल यौटा अनौठो जगत्मा
उजाडी नफ्याके परिवेश मेरो ।

गरीवी म मान्छे न पैसा न खेती
खरानी बनेको सबै शेष मेरो ।

छ गोर्खे निशानी पुरानो पनाको
बचाएर राखे सही फेस मेरो ।

– गोर्खे साइलो
विशालमार्ग नारायणगढ चितवन ।

भुजङ्गप्रयात छन्द बहरे मुतकारिब मुसम्मन सालिम
यगण ।ऽऽ फऊलुन् ह् ४ रुक्नमा आधारित

5 thoughts on “यही देश मेरो”

  1. साह्रै रसिलो र मिठो भावनाहरू
    साह्रै रसिलो र मिठो भावनाहरू सलललल गर्ने गरी पस्किनुभयो।
    देशभक्तिका रचनाहरू उसै राम्रो हुन्छन्; तैपनि तपाईंले शब्द चयन र लम्बाइको सन्तुलन मिलाएर उत्कृष्ट रुपमा भावना पोख्नुभएको जस्तो लाग्यो।

    1. dhannyawad sir ! yo ta
      dhannyawad sir ! yo ta yahaharuko mulyankanma var parda chha. ma ta kewl 1ta BAHARMA GAZAL lekhna ra BAHARko khojima lageko student matra hun.
      – gorkhesailo, nepal

  2. गोर्खे साइलो जी ..
    गजल रमाइलो

    गोर्खे साइलो जी ..
    गजल रमाइलो लग्यो मिठो लाग्यो

    निरन्तरता को सुभकामना

    गरीवी म मान्छे न पैसा न खेती
    खरानी बनेको सबै शेष मेरो

    रमाइलो लग्यो………..

  3. गोर्खे साईंलो जि !
    गजल

    गोर्खे साईंलो जि !

    गजल राम्रो छ तर फेस (English) काफिया को रुप मा प्रयोग हुँदा अप्ठेरो लाग्यो ।

    चन्द्रयात्री

    1. mero GAZALko garima badhai
      mero GAZALko garima badhai dinuhune tpaiharu sabailai hardik sadhuwad. sathai chandrajile phesa vaneko (English) bujhnu vaychha, sorry sir phesa vaneko ta ‘histry’ko panama lekhiyko vanne bujhauchha, ra tehi nai bujhnupardchha, ani sujhbko lagi dhannyawad,

      – gorkhesailo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *