Skip to content

ब्रेल लिपिमा पढाइ सुरु गर्दा

  • by


विसं २०२० मा ल्याब्रोटरी स्कूल नछिरुन्जेलसम्म मलाई नेत्रहीनहरूले पनि पढ्ने लिपि छ भन्ने ज्ञान थिएन । त्यसबेला अमेरकिी महिला इशाबेल ग्रान्ड, जो स्वयं नेत्रहीन थिइन्, ले नेत्रहीनहरूका लागि अमेरकिामा गरेका कामका बारेमा खुबै चर्चा थियो । त्यहाँ नेत्रहीनहरूका लागि छुट्टै स्कूलको व्यवस्था त धेरै पहिलेदेखि थियो तर सामूहिक रूपमा आँखा देख्ने र नदेख्ने सबैलाई एउटै थलोमा राखेर एकीकृत अभियान अन्तर्गतको शिक्षा भने भर्खर-भर्खर सुरु भएको थियो ।
इशाबेल त्यसैको प्रचार-प्रसारका निम्ति बंगलादेश आएकी थिइन् । तर, छुट्टी मनाउने क्रममा नेपाल पनि आइन् । तत्कालीन चेत भवनको लाइब्रेरी अर्थात् अहिलेको र्याडिसन होटल भएको ठाउँमा कलेज अफ एजुकेसनको अफिस थियो, त्यहीँ एउटा छलफल कार्यक्रम भयो । शिक्षा क्षेत्रसँग सम्बन्धित धेरै मानिसहरूलाई त्यहाँ बोलाइएको थियो । म पनि ल्याब्रोटरी स्कूलको शिक्षकका हैसियतले त्यस कार्यक्रममा सहभागी भएँ । इशाबेलले त्यस कार्यक्रममा सियोमा धागो राखेर कपडा बुनेको, ब्रेलका अक्षरहरू पढेको, पञ्च गर्ने स्लेट र स्टालसहरूले लेखेको देखाएपछि ममा पनि उत्सुकता जाग्यो । त्यसपछि मैले उनलाई भेटेँ । उनले नेत्रहीनहरूका लागि सहयोग गर्ने वचन दिँदै त्यससम्बन्धी सामग्रीका अतिरिक्त एक जना पिसकोर स्वयंसेवक अमेरकिाबाटै पठाइदिने आश्वासन पनि दिइन् ।
त्यसपछि पिसकोर स्वयंसेवक लोएड स्टिभिन नेपाल आए, जो ब्रेल लिपि जान्दथे । ल्याब्रोटरी स्कूलका शिक्षकका अतिरिक्त कलेज अफ एजुकेसनका विद्यार्थी र पाटनका गरी करबि २० जनालाई जाडो बिदाको अवसरमा अंग्रेजी ब्रेल लिपिका बारेमा तालिम दिइयो । त्यसपछि हामीले नेत्रहीन विद्यार्थीहरू खोज्यौँ र १० जना विद्यार्थी भेला पारेर ल्याब्रोटरी स्कूलबाटै त्यस अभियानको सुरुवात गर्यौं । स्कूलले मलाई अन्धा-शिक्षा शाखाको इन्चार्ज भएर काम गर्ने जिम्मेवारी दियो । ०२१ सालतिरको कुरा हो यो । त्यसबेला सबै शिक्षकले त्यो लिपि जानेको अवस्था थिएन । उनीहरूले देवनागरी लिपिमा लेखेका कुरा हामी ब्रेल लिपिमा लेखेर विद्यार्थीलाई सहयोग पुर्याउँथ्यौँ ।
त्यसपछि नेत्रहीनहरूलाई हातको काम सिकाउन एक जना व्यावसायिक शिक्षक राख्ने कुरा भयो । त्यसबेला घरेलु उद्योगमा बेतबाँसको मास्टरमा नियुक्त नेत्रहीन जंगबहादुर बोगटी, जो देहरादुनबाट त्यससम्बन्धी तालिम लिएर आएका थिए, लाई काजमा ल्याइयो । उनलाई हिन्दी लिपिबारे ज्ञान रहेछ । लोएड स्टिभिनले पनि नेपाल आउनुपूर्व हिन्दी लिपिबारे केही जानकारी लिएका रहेछन् । त्यसपछि हामी बसेर छलफल गर्यौं । नेपाली र हिन्दीमा फरक पर्ने केही शब्द मिलाएर हिन्दी ब्रेल लिपिलाई नै नेपालीमा अनुवाद गरी सिकाउन थाल्यौँ । यसरी सुरु भएको थियो, नेपालमा ब्रेल लिपि ।
त्यसअघि नेत्रहीनहरू अध्ययनको क्षेत्रमा पूर्ण रूपमा आइसकेको अवस्था थिएन । सामान्य विद्यालयस्तरको शिक्षाका निम्ति पनि कसैले पढेर सुनाइदिनुपर्ने, पाठ्यपुस्तक टेपरेकर्ड गरेर सुन्नुपर्ने र परीक्षा दिँदा पनि अर्को सहयोगी राखेर लेख्नुपर्ने अवस्था थियो । त्यसको कसरी अन्त्य गर्न सकिन्छ भनेर निकै परामर्श र छलफल पनि गर्यौं । र, सामूहिक रूपमा एउटै टेपरेकर्डबाट एयरफोनका माध्यमबाट धेरैभन्दा धेरै विद्यार्थीले सुन्न सकून् भनेर सहयोगका निम्ति प्रयास पनि गर्यौं । तर, त्यो अभियान त्यति सफल रहेन ।
दस जना विद्यार्थी भेला पारेर काखमा राखेर पढाएको म कहिल्यै बिर्सन सक्दिनँ । उनीहरूमध्ये अधिकांश मिहिनेत र परश्रिमकै कारण प्रशंसित छन् । अहिले पनि बरोबर मेरो उनीहरूसँग सुखदुःखका बेलामा कुराकानी भइरहन्छ । अहिले त उनीहरू संगठित पनि भइसके । खुसी लाग्छ कि आँखाले नदेख्नेबाहेक अन्य सक्षम कुनै व्यक्तिभन्दा कम छैनौँ भन्ने कुरा व्यवहारमै देखाएका छन् ।
दस वर्ष पढाएपछि म त्यहाँबाट बाहिरिएँ। त्यसपछि तारा मानन्धर (कार्की)ले त्यो अभिभारा सम्हालिन् । तर, उनीहरूका बारेमा के गर्न सकिन्छ भन्ने कुराबाट भने म टाढा हुन सकिनँ । मलेसियाबाट अन्धा-शिक्षासम्बन्धी एक वर्षको तालिम लिएर आएँ । त्यसपछि अमेरकिाका विभिन्न राज्यमा गएर तालिम केन्द्र, इन्टिग्रेटेड प्रोग्राम, शिक्षक तालिम केन्द्र, व्यावसायिक तालिम केन्द्र, सामग्री उत्पादक केन्द्र र कम्प्युटर तालिम केन्द्रमा पुगेर सात महिनाजति अध्ययन गरेँ । पिसकोरका तर्फबाट ब्रेल लिपिसम्बन्धी पुस्तक प्रकाशनका लागि भनेर २२ हजार अमेरकिी डलरमा एउटा मेसिन खरदि गरेर पठाउने काम भयो । सायद, त्यो अहिले पनि ल्याब्रोटरी स्कूलमा सञ्चालनमै छ । त्यसअघि, टाइपमेसिनमा एउटा-एउटा टाइप गरेर हामी विद्यार्थीलाई बाँड्थ्यौँ ।
वल्र्ड काउन्सिल फर द वेलफेयर अफ ब्लाइन्ड अर्थात् विश्व अन्धा कल्याण परष्िाद्को एसियन कमिटीको कार्यालय मनिलामा थियो । त्यसको क्षेत्रीय सम्मेलनमा भाग लिन मलाई चिट्ठी आयो । तर, सरकारी स्तरबाट मलाई जान दिइएन । उताबाट भने आउन नपाए ‘कन्ट्री रपिोर्ट’ भए पनि पठाउन भनियो । नेपालको सन्दर्भमा त्यो नै नेत्रहीनहरूको पहिलो कन्ट्री रपिोर्ट थियो । त्यसपछि दिल्लीको विज्ञान भवनमा भएको परिषद्को विश्व सम्मेलनमा भाग लिन पनि मलाई नै निम्तो आयो । त्यसको सदस्यता लिन वार्षिक तीन सय डलर तिर्नुपर्थ्यो । व्यक्तिगत तवरमा त्यति पैसा बुझाएर म सदस्य बन्न सक्ने अवस्था थिएन । मैले त्यससम्बन्धी जानकारी गराएपछि प्रतिनिधिका रूपमा भए पनि भाग लिन भनियो । म दिल्ली गएपछि एसियन क्षेत्रीय कमिटीका अध्यक्ष हाइडी युकी युवाहासीसँग भेटेर सबै कुरा बताएँ । युवाहासीका बुबा पनि नेत्रहीन नै रहेछन् । युवाहासीले कार्यक्रममै मलाई त्यस एसियन क्षेत्रीय कमिटीको सदस्यमा मनोनीत गरेको घोषणा गरे । त्यसपछि मेरो उनीसँग बरोबर सम्पर्क हुन थाल्यो । उनी नेपाल पनि आए । नेपालमा नेत्रहीन र उनीहरूका समस्याबारे बताएपछि उनले आर्थिक मात्र होइन, अन्य धेरै किसिमका सहयोग पुर्याए ।
नेत्रहीनका लागि मेरै पहलमा स्पेसल स्कूल पनि स्थापना गरएिको थियो, पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय । त्यसका अतिरिक्त एकीकृत रूपमा धनगढी, पोखरा र काठमाडौँबाट त्यो अभियान सुरु भयो । अहिले त देशव्यापी रूपमा त्यस्ता कक्षा सञ्चालनमा छन् ।
 प्रस्तुतिः ईश्वरी ज्ञवाली

नेपाल साप्ताहिक २५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *