Skip to content

मोतीको सम्झनामा


आयातीत छ फारसी र अनि त्यो उर्दू कहेको थियो
त्यस्तै शब्द मिली बनेर गजलै कोठी रङाई दियो ।
गाऊँथे सबले बजाइ मजुरा हार्मोनियम् क्यै अरु
बाजा औ तबला बजाइ महलै थर्काउँथे है बरु ॥

नेपाली कविका विचार हुन गै ल्याएर नेपालमा
मोतीले सुरु नै गरे गजलको विस्तार भैगो यहाँ ।
मोती मण्डलिमा भए जति सबै लेख्थे तथा गाउँथे
सोही कारणले अडेछ गजलै लेखेर छाप्दै गरे ॥

शृङ्गारै रसमा रचेर कविता स्रष्टाहरुले अिन
गाएरै जगमा रमाइ उनकै मीठा गजल्मै पनि ।
यस्तै धेरकुरा थिए ति निजमा साहित्यका क्यै अरु
छाडी लोक गए पुगे गगनमा दुःखी बनाए बरु ॥

मर्नै पर्छ समस्त जीवहरुले जन्मै लिएका यहाँ
फुल्छन् फूल र झर्दछन् जगतमा साना र ठूला यहाँ
बाँचेनन् बिचरा बचाइ गजलै लेखे र राखी गए
थुप्रै ज्ञान भँडार छाडि उनले छोडेर माथी गए ॥

फकि्रन्थ्यो गजलै भएर रसिलो मोती बचेका भए
भूभागै पनि भो दुखी र विरही मोती मरेरै गए ।
बाँकी जे जति छन् करोड जनमा छाडी गएका दिन
गर्छौं आज मिली समस्त जनले यो शान्तिको कामना ॥

शार्दूलविक्रीडित छन्द १९ अक्षर १२ ७ मा विराम
ऽऽऽ ऽ॥ऽ ।ऽ। ऽऽ॥ऽऽ ॥ऽ म स ज स त त गु

नारायणगढ चितवन नेपाल

2 thoughts on “मोतीको सम्झनामा”

  1. Really nice Gorkhe ji……..
    Really nice Gorkhe ji…….. Dherai ramro lagyo. Chitwan ko hunuhundo raichha. ma pani Chitwan kai ho.Hami le Chitwan ma nai kehi garnu parcha pachhi.

    Thanks.

    Nepoleon
    [email protected]

    1. dhannyawad,
      tapai pani

      dhannyawad,

      tapai pani chitwanko manchhe vaykoma malai garv lageko chha.
      mero pani sochai ta testai thiyo, tar safal hunu . . . ? ? ?

      – gorkhesailo

Leave a Reply

Your email address will not be published. Required fields are marked *