मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
छिट्टै आउँला सिन्दुर लिई..........
Nirmala — Fri, 08/21/2009 - 15:10
छिट्टै आउँला सिन्दुर लिई सिउँदो तिमी खाली राख्नु
जोगाउनलाई गाह्रो परे थोरै आँफै हाली राख्नु
नओड भो श्रीङ्गार बस्त्र दुनियाँले आँखा लाउलान्
भित्र यसै सुन्दर तिमी बाहिरी रुप काली राख्नु
दैब पनि चुक्छ भन्छन् लामो ब्रत बस्दा खेरी
सम्झिएर हरपल मलाई फूल अक्षता थाली राख्नु
निर्दोश स्वभाब नदेखाउ दुनियाँले ईर्श्या गर्छ
जती आउँछन् फर्की जान्छन् त्यो मन सधैं जाली राख्नु
सताउलान् सधैं सधैं हृदय नै धुजा पार्लान्
मेरो लागि बिस्वास तिमी त्यो मन सधैं टाली राख्नु
निर्मला थापा,
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 52 min ago - hlw
21 hours 33 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- नजाऊ न टाढा-टाढा
- गजल
- कति छट्पटिन्छु म (तीन मुक्तक)
- गजल
- हाँसेरै बोल्दापनि
- गजल
- तिमी समुद्र म चाहिँ खहरे खोला
- शुभकामना!
- घर
- हाइकुहरु
- सुनपानीले छर्क मायालु
- अझै सम्म बाँचेको छु
- जसलाई मैले आफ्नो ठानी साहरा दिएको थिएँ
- हिजो जस्तो आज पनि उस्तै छ रे मेरो देशमा
- पाठकमैत्री समालोचनासङ्ग्रह
- दोषरहित दोष
- सिमलको नाङ्गो हाँगा
- पुराणमा पनि आतङ्कवाद
- मन ढाल्न बाँकी छ ।
- कालुको कलम

निर्मला जि ! पाठकहरु ले
Chandrayatri — Fri, 08/21/2009 - 19:29निर्मला जि !
पाठकहरु ले लेखनलाई लेखक / लेखिका को सन्दर्भ सँग पनि जोडेर हेरेको हुन्छ । यस मा एउटा सन्दर्भ नमिलेको जस्तो लाग्यो । गजल त तपाईं को राम्रो हुने नै भै हाल्यो ।
चन्द्रयात्री
निर्मला जि कसैले तपाईंलाई यसै
Anubhav — Sat, 08/22/2009 - 16:26निर्मला जि कसैले तपाईंलाई यसै भनेर छोडे जस्तो लाग्यो नि ! हाम्रो मनको कुरालाई पनि सरल रुपमा बुझिदिनुभएकोमा धन्यवाद! तपाईंले पुरुष सन्दर्भ भनु वा चरित्र भनु ! मा लेखेको गजल मेरो हेराई र बुझाईमा उत्कृष्ट छ....
छिट्टै आउँला सिन्दुर लिई सिउँदो तिमी खाली राख्नु
जोगाउनलाई गाह्रो परे थोरै आँफै हाली राख्नु
उत्तरोत्तर प्रगतिको कामना...........
http://myanubhav.wordpress.com/
anubhav.ur@gmail.com
चन्द्रयात्री जी, दुख नमान्नु
अतिथि — Sat, 08/22/2009 - 17:01चन्द्रयात्री जी,
दुख नमान्नु होला, योत झन साहित्यको राम्रो कला भित्र पर्दैन र?
लेख रचना भनेकोत आफनो मात्रै नभएर समाजका हरेक चीज धनी, गरीब, माया, प्रेम, मीलन, बिछोडको, पिडा, या खुसीमा आफु पौडिएर त्यहाँ भेटिएका आभास हरुलाई श्रृजनात्मकदंगले बाहीर निकाली प्रस्तुत गर्नु नै श्रस्ताको कला हो जस्तो लाग्छ, मेरो ब्यक्तीगत बिचारमा।जस्तै निर्मला जी यहाँ प्रेमीका लाई हेर्ने प्रेमीको दिलभित्र घुसन सफल हुनुभएकोछ।
बधाई छ निर्मला जी,
इन्द्र पुन "इन्द्रेणी"
निर्मला जी भावना ले परदेशी को
Manoj kafle — Sat, 08/22/2009 - 17:53निर्मला जी
भावना ले परदेशी को मन पग्लियो
सात समुन्द्र पारि बसेर कुरी रहेको प्रेमी अनि घरमा आफ्नी प्रेमिका संग मन को कुरा
सुटुक्क भने जस्तो लग्यो
छिट्टै आउँला सिन्दुर लिई सिउँदो तिमी खाली राख्नु
जोगाउनलाई गाह्रो परे थोरै आँफै हाली राख्नु
2bich
Jasle halidiyepani rangiyeko siudo kati sunda.... manamohak.........
yo sher pani उत्तम लग्यो
निर्दोश स्वभाब नदेखाउ दुनियाँले ईर्श्या गर्छ
जती आउँछन् फर्की जान्छन् त्यो मन सधैं जाली राख्नु
सुभकामना छ
मनोज काफ्ले 'मनसुन'
manojmansun@yahoo.com
www.manojkafle.wordpress.com
गजल प्रतिको प्रतिकृयाको लागि
अतिथि — Sun, 08/23/2009 - 19:40गजल प्रतिको प्रतिकृयाको लागि चन्द्र जि, अनुभब जि, ईन्द्र जि अनि मनोज जि यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद!
निर्मला थापा
गजल प्रतिको प्रतिकृयाको लागि
अतिथि — Sun, 08/23/2009 - 19:43गजल प्रतिको प्रतिकृयाको लागि चन्द्र जि, अनुभब जि, ईन्द्र जि अनि मनोज जि यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद!
निर्मला थापा
निर्मला जी गजल उत्कृस्ट
अतिथि — Tue, 09/29/2009 - 02:28निर्मला जी गजल उत्कृस्ट लाग्यो परदेशमा भएकाहरुलाई झन यो गजल आफ्नै कथा लाग्छ यस्तै रसिला गजल हरु पस्किदै गर्नुहोला शुभ-कामना
विमल गौतम
साउदी अरेवीया
Post new comment