Skip to content

तिम्रो रुप रंग सँग सरोकार गर्दिन म

तिम्रो रुप रंग सँग सरोकार गर्दिन म,
असल मित्र भन्दा अर्को व्यबहार गर्दिन म ।

ढुक्कभए हुन्छ तिमी, सधैं मान सम्मान गर्छु,
गैर कानुनको कुनै करोबार गर्दिन म ।

आँफुखुशी बाँच्न सक्छौ, प्रजातन्त्र दिन्छु तिम्लाई,
हिट्लर जस्तो तानाशाही अत्याचार गर्दिन म ।

मैले पनि बुझेको छु,तिमी मान्छे सक्कली छौ,
के-के गर्छौ तिम्ले ? भनी चौकीदार गर्दिन म ।

धेरै हुन्छन् आउने-जाने, जिन्दगीको बाटो भरी,
तिमी बाहेक अरुलाई नमस्कार गर्दिन म ।

1 thought on “तिम्रो रुप रंग सँग सरोकार गर्दिन म”

Leave a Reply

Your email address will not be published. Required fields are marked *