Skip to content


परेँ म आज मोहमा असह्य जल्छ हत्तल
बनी रित्तल पििल्सएँ मिलेन शान्ति शित्तल ।
अपार प्रेम झाँगिदै नशालु नेत्र गड्न गो
म दिन्छु साथ हर्षले कठीन स्वास अड्न गो ॥ 

असीम याद बल्झियो न भोक प्यास छैन क्यै
द्विनेत्र जोड्न रात्रिमा सकिन्न आज चैन खै
म डुब्छु अग्निकुण्डमा बली दिदैछु प्यारको
सुटुक्क पस्नु आँतमा सधैँ खुला छ द्वार यो ॥ 

सहन्छु लाख वेदना तिमी बिना म बाच्दिन
विलीन बन्छु गाथमा पराइ सोच्दछौ किन
झुकाव छैन अन्यमा छु अन्धभक्त बैँशले
तिमीसँगै बिताउने छु जिन्दगी म ऐसले ॥ 

जताततै म देख्छु त्यो धपक्क रुप झलमल
नशालु मात चढ्न गो शरीर गर्छ सलबल ।
बिछोड हुन्छ क्वै घरी म बन्छु पागलै सरी
दिँदैन मार्ग आँसुले भुलौँ म झट्ट के गरी ॥ 

नहान वाँण शब्दको प्रहार थाम्न सक्तिनँ
फुटेर बक्ष टुक्रियो जलेर बाँच्न सक्तिनँ
हुँदै छ हेर छटपटी सुकेर कण्ठ प्यासले
भुलाउँदै छु भेटिने खुसी अपार आशले ॥ 

पाचचामर छन्द १६ अक्षर ४ ४ वा ८ ८ मा विराम
।ऽ।  ऽ।ऽ  ।ऽ।  ऽ।ऽ  ।ऽ।  ऽ ज.र.ज.र.ज.गु.

जिलिङ्घ- २ नुवाकोट ।

2 thoughts on “आग्रह”

  1. The poem is excellent .I’ve
    The poem is excellent .I’ve no comment to the lyrics.But there are some printing mistakes in hte first two lines.

    Nikesh Ady
    Nuwakot

  2. ahile ko time ma Chhanda
    ahile ko time ma Chhanda Kabita lekhne manchhe nikai kam chhan tesaile yo kabita lekhi chhanda lai bachaune jamarko garnu bhayeko ma dhanabad kabita ramro chha try again your best.
    dev
    [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *