Skip to content

दिल रुँदो रै’छ


माया के हो छुटेपछि थाहा हुँदो रै’छ
भित्रभित्रै बल्झिएर दिल रुँदो रै’छ।  

स्मृतिका  लहरहरु छचल्किदा दिल्मा
मन उडी  उस्कै मन्को धड्कन हुँदो  रै’छ ।  
 
वियोगमा तड्पिएर  एक्लै बस्नु पर्दा
परेली मै आँसु बगी आफैँ धुँदो रै’छ ।  
 
बटुलेर मिठो आस जगाएर प्यास
मधु सम्झी  पिएको थेँ तर खुदो रै’छ ।  
 
अल्लारेको पारा गरी उडीराख्ने मन
प्रभातको  उषा बनी टाढा पुग्दो रै’छ ।  

भरतपुर- ४  नारायणगढ ।  

1 thought on “दिल रुँदो रै’छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *