माया के हो छुटेपछि थाहा हुँदो रै’छ
भित्रभित्रै बल्झिएर दिल रुँदो रै’छ।
स्मृतिका लहरहरु छचल्किदा दिल्मा
मन उडी उस्कै मन्को धड्कन हुँदो रै’छ ।
वियोगमा तड्पिएर एक्लै बस्नु पर्दा
परेली मै आँसु बगी आफैँ धुँदो रै’छ ।
बटुलेर मिठो आस जगाएर प्यास
मधु सम्झी पिएको थेँ तर खुदो रै’छ ।
अल्लारेको पारा गरी उडीराख्ने मन
प्रभातको उषा बनी टाढा पुग्दो रै’छ ।
भरतपुर- ४ नारायणगढ ।
gazal ramrocha.i like.ranjan
gazal ramrocha.i like.ranjan from bahrain [email protected] .