Skip to content

होस लुट्ने भट्टी होइन पौरख लुट्ने काम रोज
बहादुरि फैलाउने सधैँ राम्रो नाम रोज

अमुल्य छ साँच्चै जीवन केही गरी देखाउनु छ
नयाँ नयाँ जोस दिने मिर्मिरेको घाम रोज

मानवताको पहिचान गुम्ने असर्फिको नोठ होइन
आफ्नै पौरख मुछिएको एक सुका दाम रोज

बिना पौरख आर्जिएको केही चिजले स्वाद दिन्न
चौरासी ब्यन्जन होइन आफ्नै घरको माम रोज

निर्मला थापा,

4 thoughts on “गजल”

  1. धन्यवाद् निर्मला जी गजल
    धन्यवाद् निर्मला जी गजल प्रकाशनको लागी! तपाईको गजल साह्रै भावपुर्ण छ राम्रो लाग्यो, प्रयास जारी राख्दै जानु सफलता तपाईकै हातमा छ.
    गणेश थापा &
    अर्जुन पुन
    बैङ्गलौर,

  2. Thanks 4 nice Gajal.Please
    Thanks 4 nice Gajal.Please write more than more.u r giving to us great fortune because we get chance to read your Gajal.

  3. गजल लेखनको बिषय चयन यहाँ पनि
    गजल लेखनको बिषय चयन यहाँ पनि सही लाग्यो तर पहिलाका गजलहरु जस्तो जमेजस्तो पनि लागेन।

  4. धन्यवाद गणेश जि, अर्जुन जि,
    धन्यवाद गणेश जि, अर्जुन जि, अतिथी मित्र अनि अनुभन जि लाई

    हुनत गजल अलि श्रीङ्गारिक भयो भने यसले पाठकहरुमा छुट्टै प्रभाब पारेको आभाश हुन्छ त्यसो त हाल आएर गजल बिभिन्न बिधाहरुमा नलेखिएको भने पक्कै पनि होइन ।

    यध्यपी यो मैले धेरै पहिला लेखेको गजल हो त्यसैले पनि होला सायद गजल अलि नजमे जस्तो लागेको पहिलाको तुलनामा।

    आउदा दिनहरुमा अझै निखार्दै लाने प्रयाश गर्नेछु।

    निर्मला थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *