Skip to content

ए झरी नझरी देउ यसरी

  • by


ए झरी नझरी देउ यसरी
एकान्त यो रातमा मलाई पागल गरी
झरी देउ तिमी सुस्तरी सुस्तरी
जब हुन्छिन मेरी मायालु मेरो वरीपरि

ए मेघ नगर्जिदेउ यसरी
निद्रामा मस्त भयकी मेरी मायालु तर्सने गरी
गर्जिदेउ तिमी रातै थर्कने गरी
जब हाँस्छिन् मेरी मायालु मेरो अंगालोमा परी

ए बिजुली नचम्किदेउ यसरी
मेरी मायालुको आँखा तिर्मिराउने गरी
चम्किदेउ न तिमी अंधकार भाग्ने गरी
मेरी मायालुको हँसिलो अनुहार देखने गरी

स्वर – नवीन भट्टराई
संगीत – सम्भुजित बासकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *