Skip to content

यो मन त मेरो नेपाली हो

  • by


जसो गर जे भन जतासुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्व छ हाम्रो पुर्खाले
कति व्याथाहरु सहेर
इतिहासमा कथा त लेखेकै छ

न नै लडॉइको मैदानबाट भागिदिन्छ
न त सुनको तराजुमा बिकिदिन्छ
आफ्नै कर्ममा अटल रहने
आफ्नै पसिनामा बिश्वास राख्ने
यो मन त मेरो, नेपाली हो

न नै अरुको भरोसामा बाँचिदिन्छ
न त आफ्नो अधिकारलाई गुम्न दिन्छ
हिमाल झै चम्किलो सफा छ छाती
आकाश झै फिजिएको बिचार छ बिशाल
यो मन त मेरो, नेपाली हो

स्वर, संगीत – १९७८ एडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *