Skip to content


सानोमा सानो कमलको हाँगा रेशम
कोपिला बस्यो नङले गोडेर हो रेशम
अस्तिको कुरा बिर्स्यौ कि कुन्नि रेशम
म फिर्ने छैन तिमीलाई छोडेर हो रेशम

हरियो राम्रो बाँसको झ्याङमा रेशम
गुँड बनाई बस्यो तितेको बारुला हो रेशम
नक्कले आँखा नझिम्क्याउ मलाई रेशम
यो माया सम्झी रोई हिंड्ने पारुँला हो रेशम

काट्दै र तिख्दै बीडा यो बाजा रेशम
मुखो तालमा बज्दछ गम्केर हो रेशम
अल्लारे ठिटी जिस्काउँछे मलाई रेशम
पिरती छाडी कहाँ जाली उम्केर हो रेशम

शब्द, संगीत – दुर्गा बहादुर थापा
स्वर – अमृत गुरुङ (नेपथ्य)

1 thought on “रेशम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *