मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
अभिसप्त समयको घिनलाग्दो पात्र
Umesh Chaulagain — Tue, 09/01/2009 - 03:31
एताको मानो खाएर,
उताको दुनो सोझ्याउने
आफ्नाहरुको सम्मान नगर्ने
उताकाहरुको भक्तिगान गर्ने,
यो समयमा
तिमी त प्रतिनिधी पात्र मात्र हौ,
सवैलाई थ्ाहा छ,
तिमील्ााई दिशानिर्देश गर्नेहरु
त्रिरंगी छायामा छन,
स्वामीहरुका ईसारालाई शिरोधार्य गर्न
तिमी नाचिरहेका छौ,
कहिले एता मर्किन्छौ,
कहिले उता मर्किन्छौ,
कहिले घोपटी खेल्छौ,
कहिले फडा फुलाउछौ,
तिम्रा सवै चालहरु,
स्वामी भक्ति देखाउन
आतुर छन,
आमा थलिएको वेला,
वैद्य बनाईएका तिमी,
उल्टै विष पिलाईरहेको छौ
महाशय
आज सोध्न मन लागेको छ ।
जन्मभुमी र आमालाई समान व्यवहार गर्ने नेपाली आदर्श,
तिमीले कता लुकाएका छौ ?
आज आमाका वरिपरि गिद्ध र व्वासाहरु मौका कुरिरहेको
तिम्रा चक्षुले पनि देखिरहेको होला,
तर तिमी
थलिएको आमालाई अझै थलाउन प्रयत्नरत छौ
धन्य छ तिमीलाई,
तिमीले वुझ्नै पर्छ,
जन्म भुमी र आमालाई ह्दयमा कोर्नेहरुको कुनै कमी छैन,
तिम्रा स्वामीका चाहनाले तिमी चलौला,
तिम्लाई चलाउनेहरु चल्लान,
तर पनि
तिम्रा स्वामीहरुको ईच्छा कहिल्यै पुर्ण हुने छैन,
हेरिराख महाशय,
ती व्वासा र गिद्धहरु थुक निल्दा निल्दै आफै थलिनेछन,
धन्य छ तिमीलाई
आधुनिक नेपालको नेरो वन्न उद्यत तिम्रा कर्तुतहरु
ईतिहासले त लेख्नेछ,
तर म वर्तमानको कुरा गर्छु
आम नेपालीको ह्दयमा तिमी कोरिएको छौ
यो अभिसप्त समयको सवैभन्दा घिनलाग्दो, कुरुप र फोहोरी पात्र बनेर।
३० अगस्त २००९
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 24 min ago - hlw
22 hours 4 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- छिमेकीको छाता र छाडा छोराहरू
- खन्ती
- उसको निम्ति तिमी हाँसे पनि !
- हाम्रो बाको शिरको टोपी
- रन्थनिएर ईलाका, बस्ती र गाउँ
- झटारो
- रक्सी
- आमा
- थाहा नलागेको वसन्त बहार
- किन यस्तो
- हिजो आजका कुरा
- दूरी
- मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ
- मेरो बारेमा नसोची
- एकदिन एक्लै हुँदा
- सरकार पो किन चाहियो
- काँचो धागो...
- अल्लाहलाई निवेदन
- जातै पिच्छे टुक्रा टुक्रा
- प्रकृति-नियम

Post new comment