• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

मोड फाटेको छ

kbs — Mon, 08/04/2008 - 19:01

  • आधुनिक कथा
  • गोपाल पराजुली

म दिनभरि सोच्छु । रातभरि सोच्छु । एउटा निष्कर्षनिकाल्न सक्तिनं । बिहानभरि पनि सोचेर बस्छु । कुनै निर्णयमाा पुग्न सक्तिनं । भातका गांसहरूभरि सोच्छु, पानीका घुड्काहरूभरि पनि सोच्छु । घडीमा ११ बज्छ । पूरा एउटा दिनलाई र्समर्पण गरिसक्छु । घडीका कुनै पनि मिनेट र घण्टाहरूले मेरो सोचाइमा साथ दिन खोज्दैनन् । क्षण मेरो निजी हुन सक्दैन । १२ बज्न खोज्छ । ५ पनि बज्छ भन्ने बोधले म र्सतर्क हुन खोज्छु । सोचाइ गम्भीर बनाउन खोज्छु । फेरि एक घण्टा अर्पण गर्छु निर्णयलाई त्यसभित्र पार्ने अठोट गर्छु निर्णय चिप्लिदिन्छ- घडीको स-सानो एउटा सेकेन्ड र्सर्ुइबाट सोचाइको स-सानो विरोधबाट । १२ बज्छ । ५ लाई अझै ५ घण्टा बाकी छ । १ घण्टा अझै उपभोग गर्न सक्छुको आशामा अल्झिन्छु । घडीको टिकटिकलाई मुटुले दम दिन थाल्छ, केही अधीर बन्छु । केही नियन्त्रित हुन खोज्छु । १ बज्न खोज्छ । अझै अलमलमा पर्छु घडीको र्सर्ुइ १ को अङ्कलाई नाघेर जान्छ ।

म पराजित हुन्छु । घडीको हरेक मिनेट र हरेक घण्टाले मलाई जित्दै लान्छ । घडीको कुनै अङ्कमा लगेर म सोचाइलाई अडाउन सक्तिनं । एउटा निर्णयालाई बास बसाउन सक्तिनं । हरेकपल्ट म आफूलाई कमजोर पार्दै लान्छु । म त्यहां जान्छु भन्न पनि सक्तिनं । नजाने फैसला पनि म आफूलाई सुनाउन्नं । अब मेरो भन्नु मात्र चार घण्टा बाकी छ । तीन घण्टा त्यहां पुग्नलाई लाग्छ, बाकी एक घण्टालाई मैले आफ्नो बनाउन सक्नर्ुपर्छ । म एउटा निर्ण्ाायक घडीमा पुग्छु । म थोरैमा एउटा मिनेटमै पुगेर निर्णय समात्ने कोसिसमा आफूलाई होसियार पार्छर्ुु हुन सक्छ, त्यहां उसले मलाई आफू देखाउन खोजेकी होस् । हुन सक्छ, त्यहां उसले मलाई केही त्यस्तै कुरा देखाउन खोजेकी होस् । त्यहां जाने एउटा त्यस्तै रहरले मलाई समातेकै छ । एउटा त्यस्तै जिज्ञासाले मलाई बांधेकै छ । व्यक्तित्वले मानेको भए हुन सक्छ म त्यहां पुगिसक्थें । अहम्ले नबांधेको भए, हुन सक्छ म उसको आमन्त्रणलाई स्वीकार गरिसक्थें । एउटा साधारण केटीको अगाडि एउटा सिरियस व्यक्तित्व कसरी उभिन सक्छ - मेरो सोचाइको मोड प्रश्नले बनेको छ । उसको अगाडि म आफ्नो व्यक्तित्वको उपस्थितिलाई अस्वाभाविक भन्न खोज्छु । अयोग्य भन्न खोज्छु । व्यक्तित्वको मर्यादाको लागि म विशेष रूपमा सचेत भएको छु । व्यक्तित्वको बचावटको लागि म सम्पूर्णतामा पुगेर उठेको छु, उसको इच्छा र चाहनामा कुठाराघात गर्ने पनि मेरो मन छैन । आंट पनि छैन । उसलाई भेट्ने एउटा अज्ञात चाहना मभित्र कतै खेलिरहेको पनि मलाई थाहा छ । २ बज्छ । कुनै पनि निर्णयलाई म आग्रहका साथ समात्न सक्तिनं । आत्मसात् गर्न सक्तिनं । जानु र नजानुको दोसांधबाट म एउटा बाटो खोज्छु । बाटोमा पनि त सोच्न सकिन्छ । लुगा फटि गर्छु निस्कन्छु । घडी हेर्छु तीन घण्टालाई ५ मिनेट मात्र कट्टा भएको छ । केही मिनेट पार गर्छु यो क्रियालाई केही क्षण केही अर्कै कुरालाई लिएर विषयान्तर हुन खोज्छु । परको क्षिितजलाई ताक्छु । डांडा र हिमाललाई ताक्छु । घर समाजलाई ताक्छु । व्यक्तित्वले मलाई ताकिरहेको छ । सम्पूर्ण व्यक्तित्व जागा भएर उठ्छ । बलात् एउटा निर्णय आउन खोज्छ । यतैबाट घरतिर र्फर्कूं ⁄ एकछिन अडिन्छु । सांच्चै र्फर्कूं त प्रश्नलाई सारा चेतना दिएर हेर्छु व्यक्तित्वको सवाल छ ⁄ यसरी केटी नै जीवनको महत्त्वपूर्ण कुरा हुन सक्तैन ⁄ निर्णयमा पुगें-पुगेंजस्तो हुन्छ, पाइतलालाई अनायासै घरतिर मोड्छु । केही कदम हिंड्छु । केही कदममा पुगेर रोकिन्छु । उसको आकृति मेरो अगाडि आएर उभिन्छ । म लठ्ठी भांच्ने निहुंमा छेउको रूखमा सुमसुम्याउन थाल्छु । कमसेकम अलि परसम्म पुग्न सकिन्छ । अझै विचार गर्ने ठाउं छ । मन नलागे उसलाई नभेट्न सकिन्छ । तर्क गर्छु फेरि उतैतिर र्फकन्छु । ३ बज्छ । अझै दुइ घण्टा बाकी छ । केही लम्कन्छु र छुटेको अलमललाई पाइतलामा संगेट्न खोज्छु । ठूलो व्यक्तित्वले उसलाई भेट्नै नहुने भन्ने के नियम छ - कुनै यस्तो प्रश्न गर्छु एउटा यस्तो व्यक्तित्वले त्यस्तीलाई भेट्न खोज्नुको के अर्थ हुन्छ - कुनै यस्तो प्रश्न झिक्छु । मेरो व्यक्तित्व र उसमा कुनै सामञ्जस्य स्थापना हुन सक्तैन । सोचाइलाई स्थिर पार्न खोज्छु । असफल बन्छु । एउटा व्यक्तित्वपूर्ण व्यक्ति भएर एउटा यस्तो कुरामा निर्णय नलिन सक्दा म आंफैलाई फकिा लाग्न थाल्छ । म व्यक्तित्वलाई नसुहाउने कुरा गरिरहेछु भन्नेमा पर्छर्ुु आंफैलाई शङ्काले हेर्न थाल्छु । उसलाई नभेट्दा के छुट्छ जिन्दगीबाट - एउटा प्रश्न सलाई कोरेझैं कोर्छर्ुु शङ्कामाथि हेर्छु ४ बज्छ । मात्र एक घण्टा बाकी छ । अडेर सोच्न खोज्छु । अड्ने अवकाश छैन । तैपनि अड्न खोज्छु । घर र्फकन मन हुन्छ । यहांसम्म आइसकेपछि घर र्फकनु राम्रो होइन पनि भन्ठान्छु । अडेजस्तो पनि छु । हिंडेजस्तो पनि छु । आंखाभरि ऊ आएर छापिन्छे, मुटुभरि के के समाइएजस्तो हुन्छ । भित्र-भित्रै के के पाइएजस्तो हुन्छ । कममा पनि एक घण्टा बाकी छ । यसको उपयोग गर्न सकिन्छ । यो घण्टाको लोभबाट पनि म मुक्त हुन सक्तिनं । सोचाइको सम्पूर्ण भार यही घण्टामा पुगेर बिसाउन खोज्छु । ऊभन्दा अलि वरको मोडमा पुग्दा निर्णय खुल्छ भन्ने कुरालाई एक र अन्तिम सत्य स्वीकार गर्छु पयरलाई गतिमा आउन दिन्छु । ऊ नजिक-नजिक हुदै गएको र्स्पर्श मीठो पनि छ । व्यक्तित्व आफूबाट टाढा-टाढा हुदै गएको अनुभूति पोल्दो पनि छ । भेट्नु हुन्न भन्ने नै ठीक लागे मोडलाई फाटेको बाटोबाट घरतिर लाग्ने निधो छ । ऊ र व्यक्तित्वको र्स्पर्श समानान्तर रेखामा उठ्दै जान्छ । ४,३० हुन्छ । २०/२५ मिनेटमा मोड पनि छोइन्छ । निर्णय आउन खोज्छ । हराएर जान्छ । आउन खोज्छ । हराएर जान्छ । उसमा केही त्यस्तै कुरा छ जस्तो लाग्छ । केही त्यस्तै कुराले मलाई आकषिर्त पारिरहेछ, डोर्याइरहेछ जस्तो लाग्छ । केही त्यस्तै कुराको मोहले म बांधिएको छु जस्तो लाग्छ । मान्छेले मान्छेलाई भेट्न नहुनु कुन त्यो सीमाको उल्लङ्घन हो - कुन त्यो दिशाको विपरीत हो - जवाफ पाउन खोज्छु, । उसलाई भेट्ने नै निर्णय तर ओर्लन्छु । अचानक मोडमा पुगेर अडिन्छु । व्यक्तित्व आएर उभिन्छ । व्यक्तित्व यस्तो कुन एउटा साहस हो जो हरेक मोडमा आएर आफ्नो आकृति खोल्छ । कुन एउटा शक्ति हो जो हरेक सोचाइको विरुद्ध आफ्नो अधिकार बोल्छ - निश्चल अड्छु । मलाई मोडमा अड्ने र्फर्ुसत छैन । ५ बज्न ५ मिनेट बाकी भएको छ । मलाई कुनै प्रश्न र शङ्का गर्ने र्फर्ुसत छैन । ५ मिनेट त त्यो ठाउंमा पुग्न लाग्छ, मेरो व्यक्तित्वले नै म बनेको छु । म भन्ठान्छु, मेरो व्यक्तित्वमाथि कुनै त्यस्तो कुरो छैन जसलाई हेरेर मैले झुक्नु परोस् । कुनै त्यस्तो कुरो छैन जसलाई हेरेर मैले रुक्नु परोस् । मोडबाट अर्कोतिर फाटेको बाटोलाई हेर्छु ऊ मेरो आंखामा आएर एउटा नक्सा कोरिन्छे । म विश्वको मानचित्रमा उसको पनि अस्तित्व भेट्छु । उसले मलाई निम्ता दिएकी छ । म यहांसम्म आइसकेको छु । कुनै अज्ञात दिशाले मलाई कतैबाट देखिरहेको पनि हुन सक्छ । यहांबाट घरतिरको बाटो समात्नुलाई म सहसा तयार हुन्नं । उचित मान्न सक्दिनं । सक्छु कि भनी एक मिनेट लिएर बल गर्छु अर्समर्थ बन्छु । घरैबाट किन आउनुपथ्र्यो भन्ठान्छु । अब उसलाई नभेटीकन र्फकनुलाई म मेरो कमजोरी भन्न थाल्छु । लाज भन्न थाल्छु । डर भन्न थाल्छु । सोचाइ शिथिल हुन्छ । म रातो, नीलो र कालो हुदै जान्छु । ५ बज्न अब ३ मिनेट लाग्छ । मेरो सोचाइको अवसान कति टाढा छ म अन्योलमा छु । चिट्चिट् पसिना आउन थाल्छ । सारा शरीरमा रगत वेगले चलेको अनुभव गर्छु मुटुमा स्पन्दन चढ्छ । मोडमा बाटो दुइतिर फाटेको छ । म पनि दुइतिर फाटेको छु । मेरो यात्रा एउटा कुरासित सम्बद्ध छ जस्तो लाग्छ । केटी नै मेरो जीवनयात्राको अनिवार्य र्सत होइनजस्तो लाग्छ । व्यक्तित्वलाई फुकालेर म केटीको सामु प्रस्तुत हुन सक्दिनं भन्ठान्छु । समय मलाई पछारेर फड्का हान्न खोज्छ । म निधारबाट पसिना होइन बर्षाझरेको देख्छु । नसामा रगत होइन खोलो बग्छ । छातीमा पहिरो चल्छ । सिङ्गोमा म एउटा असन्तुलित हुन्छु । घडी २ मिनेट मात्र मेरो देखाउंछ । सोचाइ छरिएर जान्छ । म शिरलाई उठाएर चारैतिर घुमाउंछु । पर आंखामा एउटा आकृति छोइन्छ, दुइटा आंखाले मलाई पर्खिरहेको देख्छु । ऊ रूखमुनि बसेर मलाई हेरिरहेकी छ । अब म उसबाट भाग्न सक्तिनं । भाग्न सकिरहेको पनि छैन । अनिर्णयको स्थितिबाट म उठ्दै उसतिर जान्छु । एक मिनेट बाकी छ । यो कसको मिनेट हो, र कस्तो मिनेट हो म भन्न सक्दिनं ।
-"हजुरलाई म एक घण्टादेखि पर्खिराखेकी ⁄"
-"तिमीलाई भेट्न म ३० घण्टादेखि आइराखेको ⁄"
-"अब भेट्नुभो त -"
-"अझै सकेको छैन ।"
-"देख्नु त भयो होला नि -"
-"छु ।"
-"म हजुरलाई माया गर्न थालेको छु ।"
-"म आजभोलि त्यो पाउन थालेको छु ।"
आकाश चुपचाप टाउकोमाथि बसेको छ, मानौं हामीलाई सुन्ने यहां ऊ मात्र एक छ । आकाशलाई हेर्छुऊ मलाई हेर्र्छे म उसलाई हेर्छुऊ पृथ्वीलाई हेर्र्छे
-"म हजुरलाई मन पर्छु कि पर्दिनं -"
-"यो तिम्रो मात्र प्रश्न होइन ।"
-"हजुर, कसको -"
-"आइमाईको मात्र होइन ।"
विगत घण्टाहरूमा कोरिंदै मेटिंदै गरेको एउटा नक्सा एउटा तरुनो क्यान्भासमा उभिएको छ । म सम्पूर्ण अङ्गमा उत्सुकता लिएर उठेको छु । ऊ पृथ्वीलाई छोडेर मलाई हर्ेर्छर्ेे म आकाशलाई छोडेर उसलाई हेर्छु हेर्दाहेर्र्दै उसको लाज ओठको एउटा कुनाबाट फुट्छ ।
-"म हजुरमा समर्पित छु ।"
म उसलाई पढिरहन सक्छु । सुनिरहन सक्छु । म उसलाई हुन्छ पनि भन्न सक्दिनं, हुन्न पनि भन्न सक्दिनं । मलाई व्यक्तित्व-बोध हुन्छ ।
-"म आंफैमा समर्पित छु ।" -म भन्छु र मोड फाटेकोतिर हेर्छु

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 317
  • 2704 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    1 day 22 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    2 days 33 min ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    2 days 18 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    2 days 20 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    2 days 20 hours ago
  • एकदम सान्दर्भिक
    3 days 1 hour ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    3 days 3 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 1 day ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 1 day ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • किन बढ्दैछ ढुकढुकी मुटुको
  • तीन मुक्तक (आएको थिए म)
  • किन तिम्रो माया लाग्छ
  • मेरो सानो पाठो
  • तिमी माया माया भन्छौ देश दुखेको बेला
  • तिम्रो दिलमा उस्ले आज झन्डा फरफरायो
  • खहरेको भेल-रहेछ
  • प्रीतको खेती
  • घर बनाउने साइत
  • पर्खूँ कि के गरूँ ?
  • नेपाल आमा तिमी
  • युवाप्रेमको चक्रवात देखाउने उपन्यास
  • बिदेश जाने नेपाली हो
  • मनको डर
  • माइतीघरको असीम माया फुकाएरै लान्छु
  • सयौं फूलका एउटै माला
  • बिहान उठ्ने बित्तिकै
  • तीन मुक्तक(सबै खोज्छन्, सम्मान गरी सधैं, तिमी विना)
  • दुखै दुखको भूमरीमा भुटिएको मान्छे
  • पात्र भर्सेज पात्रहरू
  • आफू, जुझिरहेछु, यो मनसँग !
  • काली
  • तीन मुक्तकहरू (म, हुन्छ र, भन्यौ)
  • समाज र नारी सासू बुहारीको दायित्व
  • महाकविको योगदान र समको कविता
  • शुभ होस दशै
  • 'चितवनका कवि र कविता' कृतिको लोकार्पण तथा संरक्षण कविता आन्दोलनको ५७ औं शृंखला सम्पन्न
  • निदिई दिन
  • सम्झनामा
  • धेरै मन आशंकामा फाटी रा'को देख्छु
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित