Skip to content


फिर्ने आशमा
कयौँ स्वीकृति
उसको पासमा
मात्र विकृति
के हुनुपर्ने
यस्तै हो त ?
रोइरहेकै छ
उसको इमानी
अरूको नजरमा
मात्र बेइमानी
के पाउनुपर्ने
यही हो त ?
सबैका आफ्नै
पाटाहरू छन्
त्यसभित्र धेरै
लाटाहरू छन्
के समानता नै
यही हो त ?
मन्दिरमा भन्छन्
देवता नै हुन्छ
तर त्यहाँ दुष्ट
दानव पनि छ
के यो अनिरोध नै
सत्य हो त ?
शक्तिवादको
भक्ति चलिरहेछ
निमुखाहरूको
रक्ति बलिरहेछ
के यो उत्पात नै
अहिंसा हो त ?
यस्तै हो कि
अभियान नवीन
थाहा छैन न रात
न भयो बिहान
के असमझदारी नै
नयाँ नेपाल हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *