Skip to content


आज महिनाको पहिलो शुक्रवार हो । रातको नौ बज्नै लागेको छ । एउटा लगभग चालिस बर्ष जतिको वूढो आएर हामी लहरै बसेका केटीहरु सबैलाई एकनाशले हेरिहन्छ । एकछिन पछि मलाई भित्र जाने संकेत गर्छ । सायद मलाई मन परायो होला । म खिस्स हाँसेर मुन्टो हल्लाउँछु । ऊ आधा बेहोस छ सोमरसले । ठ्वासठ्वासती गनाइरहेको छ ।यहाँ आउने प्रायः सवैले ूपावरूलगाएका हुन्छन् । वूढोले चाहिँ अलि फूल चार्जू गरे जस्तो लाग्छ । तरपनि म वूढोलाई काखी च्यापेर लाग्छु कोठातिर । पहिला त संकोच लाग्थ्यो अब त बानी परिसकेको छु । के गर्नु वाध्यता बिवशता र परिबन्धले यस्तो पेशा अगाल्नु परेको छ । मलाई कताकता हिनताबोध हुन्छ । धिक्कार्छु आफ्नो भाग्यलाई । सराप्छु समय नियतिलाई ।
म घरको एक्ली छोरी थिएँ । एउटा भाइ थियो । आमावुवा जम्माजम्मी चारजनाको सुखी परिवार । मैले घरमा काम गर्नु पर्दैन थियो । त्यसैले म घरबाहिर त्यति निस्कन्नथँ । पढाई पनि राम्रै थियो । सवैसँग सजिलैसँग घुलमिल हुन सक्थेँ । त्यही भएर होला म सवैको प्यारो थिएँ ।
समय आफ्नै रफ्तारमा चलिरहेको थियो । म पनि समयको गतिसँगै मस्त जवानी भईसकेको थिएँ । एउटा नवयौवनामा आउने परिवर्तनहरु म्ामा सम्पर्ण आइसकेको थियो । विपरित लिङ्गीतिर लजालु पाराले आकर्षित हुन थालिसकेको थिएँ ।
पढाई पनि चलिरहेकै थियो । आइ।एड। दोश्रो वर्षको परीक्षा दिएर कम्प्यूटर कोर्ष गर्दै थिएँ । मेरो सहपाठी मीत्र सजीवले आफूले पढाउने वोर्डिङ्ग स्कुलमा एउटा शिक्षिकाको आवश्यक्ता रहेको बतायो । घरबाट पठाएको पैसाले शहरीया वातावरणमा अलि गाह्रो भइरहेको थियो । त्यसैले यसो खर्चबर्चको लागि सहयोग र आफ्रनो भविष्यको लक्ष्य पनि शिक्षकै हुने भएकोले वोर्डिङ्गमा पढाउने निधो गरेँ मैले ।
समय बित्दै गयो । एउटै स्कुलमा पढाउने भएकोले प्रायः हामीसँगै नै हुन्थ्यौ । छुट्टीको दिनमा घुम्नको लागि पनि सँगसँगै जान्थ्यौँ । सुखदुःखका कुरा गथ्र्यौ । ऊ परिवार पिडित रहेछ । सायद त्यही भएर होला उसले आफ्रनो नामको नामको पछाडी पिडित फुर्को झुन्ड्याएको थियो । घरको अवस्था दयनीय आमा नभएको सानीआमा दुच्र्छे दाजु सिधा वुवा सानीआमाले बस् भने बस्ने उठ् भने उठ्ने । विचरा सहरा विहिन । उसको ब्यथाले मलाई समेत भाबुक बनाउँथ्यो कहिलेकाहीँ रुवाउँथ्यो पनि ।
एक वर्ष स्कुलमा सँँगै काम गरियो । यसले हामीलाई अझ आत्मीयता बढायो । पार्टीको काम भनेर ऊ कहिलेकाहीँ स्कुल आउँदैन थियो । ऊ स्कुल नआएको दिन मलाई साह्रै नरमाइलो र लामो लाग्थ्यो । ऊ अर्थात सजीव गरिव भए पनि दिलमा धनी थियो । आफ्रनो लक्ष्यमा पुग्न सधैं दृढ हुन्थ्यो । सधैं सत्यको पक्षमा हुन्थ्यो । साच्चै भन्दा उसको ब्यवहार मलाई अति मन पथ्र्यो ।
यसै बीचमा मेरो विहे गरिदिने कुरा घरमा चल्न थाल्यो । धनाढ्य डिग्री गर्दै गरेको बैंंकमा जागिरे केटाको कुरा आयो । म सजीवलाई अपनाउन चाहान्थँे । उसको उद्देश्य पूरा गर्नको लागि सहयोग गर्न चाहान्थेँ । त्यसैले हामी पार्टीमा गोप्यरुपमा मात्र नभएर भूमिगत भएरै सहयोग गर्ने निर्णय गर्दै लाग्यौं दुबैजना जंगलतिर ।
भूमिगत भएको केही दिन पश्चात नै पार्टीको सहमतिमा हाम्रो विवाह भयो । दुई-चार महिना सँगै काम गरियो । त्यस पछि ऊ बिभिन्न जिल्ला हेर्नु पर्ने भएकोले अर्कै जिल्ला सरुवा भएर गयो । म भने आफ्नै जिल्लामा बसेँ र पार्टीको काममा सकि्रयरुपले भाग लिइरहेँ ।
फागुनको दिन थियो । पार्टीको पहाड तराई हुँदै शहर कब्जा गर्ने नीति अनुसार तराईको कुनै चौकी हान्नु आक्रमण गर्नु पर्ने भयो । यसै अनुसार चौकी हानियो । सफल पनि भइयो । तर हाम्रो कमान्डर भने त्यही शहिद हुनुभयो । यो हाम्रो सजीव र मेरो प्रथम युद्ध थियो । नारी मन कस्तो-कस्तो भयो क्षत्विक्षत् लाश र रगतको आहाल देख्दा । चार-पाच वर्ष पर्टीमा भूमिगत भएर हिँडियो । यसबीचमा सोलुको सल्लेरी वखलढुङ्गाको रुम्जाटार भोजपुरको भोजपुरमा आक्रमण गरियो त्यस्तै अरु धेरै सफल एम्वुस आक्रमणहरु ।
यसरी हाम्रो आक्रमण तिब्ररुपमा अगाडी बढिरहेको थियो । यसैक्रममा भदौको दिन भिमान हानेर उत्तरतर्फ लाग्ने पूर्वयोजना अनुरुप रानीचुरी भीमस्थान वेलघारी हुँदै लागेका थियौं आफ्नो मिलन विन्दुतर्फ । त्यतैतिर लाग्ने क्रममा सेनाले हवाई र स्थल आक्रमण गर्दा सजीवले मझुवामा शहादत्त प्राप्त गरेछ । म यो समचार सुनेर भावविह्वल भएँ । रोएँ । कराएँ । मन थाम्न साह्रै गाह्रो भायो मलाई । त्यही पनि के गर्नु युद्धको नियमै रहेछ शोकलाई शक्तिमा बदल्नु पर्ने । दुई दिनपछि गइयो दाहसंस्कार गर्न । वन्दुकको कुन्जाले हानेर उसको मुहार क्षत्विक्षत् चिन्नै नसकिने बनाएको थियो । पार्टीको झण्डा ओढाई दाहसंस्कार गरेर श्राद्धान्जली अर्पण गर्दै लाग्यौं आफ्नो-आफ्नो कार्यक्षत्रतिर । मेरो मुटुको टुक्रालाई त्यही छाडेर । अब मेरो हृदयको सूर्यसँग भेट कहिल्यै हुने छैन ।
वेदना र चोट लिएर समाज र देशको उत्थान पूर्ण परिवर्तन र मुहार फेर्नको लागि तरपनि लागिपरिरहेँ । धेरै काम गरियो पार्टीभित्र कताकता नातावाद कृपावाद चाकडीवाज र गुटबन्दीको राज रहेको जस्तो लाग्न थाल्यो । म भन्दा जुनिएर रअदुरदर्शी मान्छेको निर्देशनमा काम गर्न साह्रै गाह्रो हुँदोरहेछ । पार्टीका केन्द्रिय नेताहरु राम्रा भए पनि पार्टीको तल्लो तहमा काम गर्ने मान्छेहरुको रबैयाले वितृष्णा जाग्न थाल्यो राजनीतिमा । सबै पार्टीहरु एकै ड्याङका मुलाहरु हुन कि जस्तो लाग्न थाल्यो । त्यसकारण कहिलेकाहीँ घरतिर आउदा फेरि फर्केर जान मन लाग्न छाड्यो पार्टीमा ।
यसैक्रकममा दशैं मान्न घर जाँदा काकाको छोरीज्वाईँसँग भेट भयो । दिदीले मलाई पार्टी छाड्नलाई दबाब दिन थालिन् । फकाउदै दिदीले मलाई भनिन् पैसा पछि दिए हुन्छ दुवईको राम्रो कम्पनीमा पठाइदिने मान्छे चिनेका छौ तीन वर्ष उतै बस्नू तीन वर्ष पछि त यता पनि साम्य भइसक्छ होला नि । म विदेश र पैसाको बिटोमा अलिकति लोभिएँ । सोच्न थालेा आफ्नो भविष्यको पार्टीमा काम गर्ने स्थानीय कमान्डर र नेताहरुको रबॆैयाको । पल्लो घरको काली भरखरै विदेश गएर आएकी उसको चालढालै अर्कै । गहनाले पहैँलै भएकी पस्रभरि पैसा जे जस्तो काम गरेर आएको भए तापनि मोज गरेकी छ । ह्यान्डसम केटाहरु विहेको लागि कुरा गर्न लाइनमा छन् । ईश्र्या जाग्छ मेरो मनमा ।
दुईचारदिनको सँगै वसाइँमा दिदीले मेरो मन मोडेर छोडिन् । म पनि दिदीभिनाजुसँगै लागेँ काठमण्डौंतिर । गाडीमा निन्द्रै लागेन । कताकता सम्झन्छु शहीदको रगतलाई प्राण प्यारो सजीवलाई । जसले देशका लागि ज्यान दियो । म उसको बाटो हिड्न सकिन । उसको उद्देश्य पूरा गर्नकै लागि मैले घर छाडेँ त्यो पनि पूरा गर्न सकिन । कायर भएँ । उसको बाटो छाडेर मैले ठूलो भूल गरेँ । के म जस्तै सबैजना पलाएन भए यो महान जनयुद्ध सफल होला तर छेउबाट सम्झाउँछ मनले मनलाई । सजीव जस्ता धेरै मरे । सडे । खाडल भरिए । तर के पाए आखिर आफ्नै मान्छेको भीड लाग्ने रहेछ जहाँपनि । यसरी मनमा नानाथरिका कुराहरु खेलिरह्यो ।
काठमाण्डौंको पाँच छ महिनाको बसाइ पछि घरेलु कामदारको लागि भनेर भिषा आयो । थोरै विष्मात् धेरै खुसी र सुनौलो भविष्यको कल्पना गर्दै लागेँ दुवईतिर । नयाँ ठाउँ नयाँ मान्छे भाषाको समस्या भिन्न धर्म भिन्न रितिरिवाज र सामाजिक परिवेश समायोजन हुनै गाह्रो । ँअभागी खप्पर जहाँ गयो उही लाग्छ ठक्कर’ भने झैँ अरबीको घर बिहानदेखि दश बजेसम्म काम गर्नु पर्ने त्यही पनि कहिल्यै खुसी हुँदैन थिए । गाली गर्थे । पिट्थे । रुन्थेँ । आँफै सम्हालिन्थेँ । के गर्नु बस्नै पर्ने बाध्यता थियो । यता आएको ऋणको बोझ घरमा दुबैतिरका मान्छे आएर खोजने निकाल भनेर धम्क्याउने गर्थे बुबाआमालाई । एक वर्ष त्यही घरमा बसेर जसोतसो ऋण चुक्ता गरेँ । यो एक बर्ष दश वर्ष झैँ लाग्यो मलाई । ती अपराधीहरुले मलाई गर्नु हुने नहुने सबै कुकृत्य गर्थे । दिनभरि कामको चटारो रातभरि ब्वाँसोहरुको लुछाइ मलाई साह्रै गाह्रो हुन्थ्यो घरको मात्र नभएर पाहुनाहरुको समेत तृष्णा मेट्नको लागि ।
एकवर्ष पछि त्यो घर छाडेर भाँगे र कामना दिदीको सम्पर्कमा पुगेँ । ऊ दलाल रहेछ । केटीहरु झिकाएर बिभिन्न प्रभोलन देखाई वेश्या बनाउनु उसको पेशा रहेछ । मलाई पनि कामना दिदीले फकाउँदै भनिन् मेरैमा बस्नू पैसा पनि कमाई हुन्छ आफूलाई पनि मजा हुन्छ । पैसा भएपछि सबैजना आफ्ना हुन्छन् पहिला मलाई सबेजना अवहेलना गर्थे अहिले गाउँघरतिर सबैजनाले मान्छन् दुईटा छोरा काठमाण्डौंको राम्रो वार्डिङ्गमा बोडस्र गरिदिएको छु चावेल चोकमा चार तले घर छ । म उसको कुराले मख्ख परेँ । भूलेँ ती हुने शारीरिक पीडाहरुलाई । पचाउने निधो गरेँ ती लाजसरम र संकोचहरुलाई ।
श्ाुरुका दिनहरुमा छ सात जना थाम्न गाह्रो हुन्थ्यो । तर आजभोलि वानी परेर होला दश बाह्र जना आफैँलाई कम भएजस्तो लाग्छ ।
खै केले हो मलाई शिक्षिका छापामारदेखि नोकर्नी हुँदै आज यो पूर्ण वेश्या अवस्थामा ल्याईपुर्यायो । पहिले यस्तो काम गर्नु नरकमा जानु जस्तो लाग्थ्यो । यो पेशा अपनाउनु मर्नु सरहजस्तो लाग्थ्यो तर अहिले यसैलाई आफ्नो ब्यापार बनाउनु परेको छ । सायद विदेशिने मोहले गर्दा होला । चाडै धनी हुने महत्वकांक्षाले होला । ग्राहकहरुलाई सन्तुष्टि पार्नलाई अप्राकृतिक आसनहरु गनृुर पर्दा पीडा र रोषले दिमाग नतात्ने त होइन तर के गर्नु यो पचाउनु हाम्रो बाध्यता नै हो । जहाँ बिभिन्न बनोट वा आकार प्रकारका परपुरुषहरुसँग सहकार्य गर्नु पर्दछ ।
काम प्यारो हुन्छ कहिले पनि माम प्यारो हुन्न भन्ने नेपाली उखान झैं कामना दिदी पनि जसले ग्राहकहरुलाई सन्तुष्टि पारेर धेरै ग्राहकहरुलाई शिथिल पानीपानी बनाउछन् उसैलाई प्यारो मान्ने र राम्रो सेवा गरे आफूले टिप्स पनि पाइने हुनाले जस्तोसुकै काम गर्न पनि तयार हुन्छन् ।
अनुराधा एउटी शिलोनी केटी हो । उसको र मेरो ब्यथा लगभग मिल्दोजुल्दो छ । उसको श्रीमान तमिल लडाकु भएकोले सेनाले घरैबाट थुतेर गोली हानी हत्या गरेपछि उनी एक छोरा र एक छोरी घरमै छाडेर विदेश पलायन भएको रहेछ । विहानको समयमा त्यति ग्राहक नआउने हुनाले सँगै कुराकानी गरेर बस्छौ । आ-आफ्नो दुःख र वेदनाहरु साटासाट गर्छौ । आखिर गृहयुद्ध जहाँको र जसरी भएपनि दुःख र हण्डर गोत्ता खाने महिला वच्चा र वूढावूढी हुँदारहेछन् । पीडा र दर्द एकै किसिमको हुँदारहेछन् ।
विनु विद्रोहीद्वारा मारिएको एक सेनाको श्रीमती हो । ऊ घरमा बस्न नसक्ने भएपछि यता आएको हो ऊ भन्छे-अलिकति पैसा कमाएर राजधानीतिरै बस्छु । छोराछोरीलाई त्यतै पढाउँछु । आफू सानोतिनो ब्यपार गर्नु पर्ला ।
यसरी समय मोह र वाध्यताले मलाई यस्तो चक्रब्यूँहमा पारेको छ । जहाँ बसेर म जिउँदो मासुको ब्यपार गरिरहेको छु । अब यहाँबाट कसरी निस्कने हो थाहा छैन । बस् हेलिएको छु साउने भेलमा कसरी पार हुने ठाउँ कहाँ हो पत्तो छैन ।

केदार श्रेष्ठ गगन
भिम स्थान- ५,सिन्धुली
हाल;युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *