Skip to content

पैसा टिप्न पाइन्छ भन्दै खाडितिर आ’का
बाकस पसी घर पुगे पल्लाघरे काका
कहाँ फल्नु पैसा रुखमा बालुवाको देशमा
हेर साथी साग सिस्नु खानु खोले बसी आफ्नै देशमा

पैसा टिप्न पाइन्छ भन्दै खाडितिर आ’का
बाकस पसी घर पुगे पल्लाघरे काका
कहाँ फल्नु पैसा रुखमा बालुवाको देशमा
हेर साथी साग सिस्नु खानु खोले बसी आफ्नै देशमा

बालुवालाई पसिनाले मुछ्न खटनुपर्छ
कहिलेकाहीं त त्यसमाथि खून थाप्नुपर्छ
मरुभूमि मुलुकमा रात दिन नभनेर
गर्नुपर्छ काम सधैं जिउले नथामेर

काम गरे स्वदेशमै सुन फल्छ साथी
बिदेशिएका नेपालीको चिरा-चिरा छाती
काम गर आफ्नै देशमा बगाऊ पसीना नि
नरक जस्तो बिदेशमा नआऊ कोही पनि

लखनपुर ३ झापा नेपाल
हाल बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *