मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नयाँ नेपाल बनाऊ
Umesh Chaulagain — Sun, 09/13/2009 - 00:22
आऊ नेताहरू आऊ
अझै अगाडी आऊ
सडक वन्द गराऊ
सदन वन्द गराऊ
कलकारखाना वन्द गराऊ
ब्यापार ठप्प बनाऊ
व्यवसाय ठप्प बनाऊ
देशलाई अस्त्यव्यस्त्य बनाऊ
एउटालाई गिराऊ
अर्कोलाई बनाऊ
बनाऊ, नयाँ नेपाल बनाऊ
भत्काऊ
तोडिदेऊ
मोडिदेऊ
फोडिदेऊ
तीललाई पहाड बनाऊ
पहाडलाई तील बनाऊ
जुटन नदेऊ
ऊठन नदेऊ
सुत्न नदेऊ
नेपालीलाई खस बनाऊ
मधेसी बनाऊ
तामांग बनाऊ
मगर बनाऊ
थारु बनाऊ
गुरुङ बनाऊ
राई बनाऊ
लिम्वु बनाऊ
शेर्पा बनाऊ
क्षतविक्षत बनाऊ
भाषै भाषा बनाऊ
बनाऊ, नयाँ नेपाल बनाऊ
बनाऊ , बनाऊ
जिम्मा तिमीहरूकै छ।
आफ्नै हात जगन्नाथ
तिमीहरूले जे गरे पनि हुन्छ
कसले के सोध्छ
सोधे जवाफ नफर्काऊ
वक वक गरे
विल्ला भिडाऊ
माथी माथी मिल
तल तल जुधाऊ
बनाऊ, यसै गरि बन्नेछ
नयाँ नेपाल बनाऊ
कहिले यो भन
कहिले त्यो भन
कहिले यो गर
कहिले त्यो गर
जनता नहेर
समाज नहेर
देश नहेर
पहिला आफूलाई बनाऊ
परिवारलाई बनाऊ
आफ्नालाई बनाऊ
पार्टीकालाई बनाऊ
टन्न खाऊ
बनाऊ, नयाँ नेपाल बनाऊ
तिमीहरू कहां पुगेका छैनौ
कहाँ देखेका छैनौ
के जानेका छैनौ
के वुझेका छैनौ
के पढेका छैनौ
के गरेका छैनौ
अझै पनि कमी लाग्छ भने
क्षमता
योग्यता
सीप
कौशल
बौद्धिकता
तार्किकता बढाऊ
विकसित देश धेरै छन
विकास भैरहेका धेरै छन
त्यसैले एक्काईसौ शताव्दीमा
नयाँ नेपाल बनाऊ
अव्यबस्था र अविकासको जीवन्त संग्रहालय बनाऊ।
उमेश चौलागाईं
- 2663 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
13 hours 56 min ago - आभार
1 day 9 hours ago - बहुत खुब कहिल्छि ।
4 days 8 hours ago - आभार प्रकट गरे
6 days 7 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 9 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 5 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 5 hours ago - एकदम सान्दर्भिक
1 week 10 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 13 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- चर्चित नेपाली यौनकथा
- सन्त कवि ज्ञानदिल दास
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
Last viewed:
- जादु
- सकारात्मक सोच भए....
- निस्तो भात (लघु–कथा)
- कहाँ थियौ ?
- पवित्रा
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- के के सुन्छु आजभोलि
- पाँच हाइकु (आषाढ हाइकु)
- तीन मुक्तक (राष्ट्रप्रेम, राहु पस्यो, मौसम)
- हिँड्छु
- धनश्याम तिम्रो सम्झनामा
- दृश्य बदलिन्छ
- दुई मुक्तक (बा–आमा यस्तो–परिबेशमा)
- राम्री मान्छे
- छ हाइकु
- म त फूल नै बिझेको मान्छे
- काइला दाइका कविता
- पछिल्ला रचनाहरू
- म त लालुप्रसाद भएँछु
- सुन सुन
- शंकर सिग्नेचर
- छिमेकीको व्यवहार
- मुक्त
- चेलीसँग एक क्षण
- बाग्मती तिमी सधैँ बगिराख
- दुई मुक्तक (आउदिन होला फर्केर)
- उठ्न थाले खऱ्यासानहरू
- बुख्याँचा देश
- गोरेटोले डोर्याएथ्यो
- खोज्दै छु
उमेशजी, रचना नं ३,००० को लागि
kbs — Sun, 09/13/2009 - 11:00उमेशजी,
रचना नं ३,००० को लागि धन्यबाद तथा बधाइ!
Verry nice poem. i wish to
अतिथि — Mon, 09/14/2009 - 14:01Verry nice poem. i wish to auther best of success in future.
very nice poem...
mukta — Sat, 09/26/2009 - 07:35very nice poem...
चौलागाई जी राम्रो कबिता
अतिथि — Sun, 10/04/2009 - 10:52चौलागाई जी राम्रो कबिता अत्यन्तै राम्रो लाग्यो । अझ के के नपुगे जस्तो लाग्यो ।
हो, नयां नेपाल बनाऊ
परिवर्तन हैन हामीलाई
यथास्थिती गुज्रीन पाऊ
सकरात्मबाट सुध्रिन पाऊ
हो, नयां संबिधान बनाऊ
नेपाली पन हैन हामीलाई
भारतको ईशरामा नांच्न पाऊ
नेपालको सिमा मिचाएर हांस्न पाऊ
हो, हामी नेपाली सभ्य बनौं
नेपाली करन हैन हामीलाई
नेपाललाईनै भारत बनाऊ
पैसो हैन आईसी मास्न पाऊ
ईतिहासमै नभएको हरुवाहरुले राज होस
नैतिकतानै नभएको नेताहरुको बास होस
अष्टु .....
Post new comment