मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
नयाँ नेपाल बनाऊ
Umesh Chaulagain — Sun, 09/13/2009 - 03:37
आऊ नेताहरू आऊ
अझै अगाडी आऊ
सडक वन्द गराऊ
सदन वन्द गराऊ
कलकारखाना वन्द गराऊ
ब्यापार ठप्प बनाऊ
व्यवसाय ठप्प बनाऊ
देशलाई अस्त्यव्यस्त्य बनाऊ
एउटालाई गिराऊ
अर्कोलाई बनाऊ
बनाऊ, नयाँ नेपाल बनाऊ
भत्काऊ
तोडिदेऊ
मोडिदेऊ
फोडिदेऊ
तीललाई पहाड बनाऊ
पहाडलाई तील बनाऊ
जुटन नदेऊ
ऊठन नदेऊ
सुत्न नदेऊ
नेपालीलाई खस बनाऊ
मधेसी बनाऊ
तामांग बनाऊ
मगर बनाऊ
थारु बनाऊ
गुरुङ बनाऊ
राई बनाऊ
लिम्वु बनाऊ
शेर्पा बनाऊ
क्षतविक्षत बनाऊ
भाषै भाषा बनाऊ
बनाऊ, नयाँ नेपाल बनाऊ
बनाऊ , बनाऊ
जिम्मा तिमीहरूकै छ।
आफ्नै हात जगन्नाथ
तिमीहरूले जे गरे पनि हुन्छ
कसले के सोध्छ
सोधे जवाफ नफर्काऊ
वक वक गरे
विल्ला भिडाऊ
माथी माथी मिल
तल तल जुधाऊ
बनाऊ, यसै गरि बन्नेछ
नयाँ नेपाल बनाऊ
कहिले यो भन
कहिले त्यो भन
कहिले यो गर
कहिले त्यो गर
जनता नहेर
समाज नहेर
देश नहेर
पहिला आफूलाई बनाऊ
परिवारलाई बनाऊ
आफ्नालाई बनाऊ
पार्टीकालाई बनाऊ
टन्न खाऊ
बनाऊ, नयाँ नेपाल बनाऊ
तिमीहरू कहां पुगेका छैनौ
कहाँ देखेका छैनौ
के जानेका छैनौ
के वुझेका छैनौ
के पढेका छैनौ
के गरेका छैनौ
अझै पनि कमी लाग्छ भने
क्षमता
योग्यता
सीप
कौशल
बौद्धिकता
तार्किकता बढाऊ
विकसित देश धेरै छन
विकास भैरहेका धेरै छन
त्यसैले एक्काईसौ शताव्दीमा
नयाँ नेपाल बनाऊ
अव्यबस्था र अविकासको जीवन्त संग्रहालय बनाऊ।
उमेश चौलागाईं
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
26 min 44 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 53 min ago - hlw
22 hours 34 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 17 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- अनेक आयाम छन् किराँत चाडका
- लयको खोजीमा
- गजल
- पुरुष
- शुभकामना
- "नीलम तिमी"
- अन्धा र हात्ती
- केही टुक्राहरू
- मनपर्यो अमेरिका ?
- निशब्द पोखिएको प्रेम
- ... आयौ भन केका लागि
- दुःखी चेली
- आखिर तिमीले फाल्नु थियो
- गजल
- मेरो पाखा बारी
- "तीजको गीत"
- यसपालीको दशैं टिको लाउन पाइन
- जसै बङ्गको रंग छाडेर आयें
- पीपलबोट
- नाट्यसाहित्यको गहकिलो समालोचना

उमेशजी, रचना नं ३,००० को लागि
kbs — Sun, 09/13/2009 - 14:15उमेशजी,
रचना नं ३,००० को लागि धन्यबाद तथा बधाइ!
Verry nice poem. i wish to
अतिथि — Mon, 09/14/2009 - 17:16Verry nice poem. i wish to auther best of success in future.
very nice poem...
mukta — Sat, 09/26/2009 - 10:50very nice poem...
चौलागाई जी राम्रो कबिता
अतिथि — Sun, 10/04/2009 - 14:07चौलागाई जी राम्रो कबिता अत्यन्तै राम्रो लाग्यो । अझ के के नपुगे जस्तो लाग्यो ।
हो, नयां नेपाल बनाऊ
परिवर्तन हैन हामीलाई
यथास्थिती गुज्रीन पाऊ
सकरात्मबाट सुध्रिन पाऊ
हो, नयां संबिधान बनाऊ
नेपाली पन हैन हामीलाई
भारतको ईशरामा नांच्न पाऊ
नेपालको सिमा मिचाएर हांस्न पाऊ
हो, हामी नेपाली सभ्य बनौं
नेपाली करन हैन हामीलाई
नेपाललाईनै भारत बनाऊ
पैसो हैन आईसी मास्न पाऊ
ईतिहासमै नभएको हरुवाहरुले राज होस
नैतिकतानै नभएको नेताहरुको बास होस
अष्टु .....
Post new comment